काठमाडौं, ३० जेठ
एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीको जनमत पुनर्स्थापित हुनेगरी पुनर्गठनको अभिभारा पुरा गरिने बताएका छन ।
शनिवार वागमती प्रदेशमा पुनर्गठन र चुनावी समिक्षाको सुझाव सङ्कलन सकिएपछी पार्टी पुनर्गठन तथा चुनावी समीक्षा कार्यदलका सदस्यसमेत रहेका उपाध्यक्ष पौडेलले सामाजिक संजालमार्फत त्यस्तो टिप्पणी गरेका हुन ।
“आज नेकपा (एमाले), बागमती प्रदेश संगठन कमिटीको आयोजनामा काठमाण्डौको जडिबुटीमा निर्वाचन समिक्षा तथा पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव संकलन कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । छलफलमा भागलिनुहुने र सशक्त ढंगले आ-आफ्ना विचार तथा विश्लेषण प्रस्तुत गर्नुहुने सम्पूर्ण कमरेडहरूलाई हार्दिक धन्यवाद” पौडेलले भनेका छन,”जरूर हामी कमरेडहरूले अपेक्षा गर्नु भएअनुरूप नै आम निर्वाचन- २०८२ को वस्तुनिष्ठ समिक्षा गर्न र नेकपा (एमाले)को गुमेको जनमत र प्रतिष्ठा पुनस्थापित हुनेगरी पार्टी पुनर्गठनको अभिभारा पुरा गर्न सक्षम हुनेछौं ।”
वागमतिका अधिकाङ्श जिल्ला अध्यक्षहरु शुक्रबार केपी ओलीलाई हटाउन नहुने पक्षमा उभिए पनि शनिबार भने थुप्रै जिल्ला पदाधिकारी र कतिपय जनप्रतिनिधी ओलीलाई हटाएर नेतृत्व हस्तान्तरणको पक्षमा खुलेर आफना प्रष्ट र शसक्त मान्यता राखेकोमा उनले बधाई भनेका छन ।
