काठमाडौं, ३१ जेठ ।
एमाले केन्द्रीय सदस्य प्रदिप कटुवालले अध्यक्ष केपी शर्मा ओलीको धेरै संरक्षण पाएर जहिले पनि अवसर लिनेहरुले नै उनलाई हटाउने कामको नेतृत्व गरिरहेको भन्दै आपत्ति जनाएका छन् । पार्टी पुनर्गठन र चुनावी समीक्षाका लागि शनिवार आयोजित वागमती प्रदेश कमिटीको सुझाव भेलामा त्यसरी आपत्ति जनाउँदै कटुवालले दिक्दारी व्यक्त गरेका हुन् ।
‘मलाई आज के बोलौं, कसरी बोलौं जस्तो भइरहेको छ, जसले अध्यक्ष कमरेडबाट धेरै सरक्षण पाए, जहिले पनि अवसर मात्रै लिए, आज तिनै व्यक्तिहरुले पुनर्गठन भनेर उहाँलाई हटाउने कामको अगुवाई गर्न खोजेको देख्दा सारै दिक्दारी लागेको छ, यतिसम्म त कति गर्न सकेको ?’ कटुवालको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
उनले मञ्चतिर रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलतिरै हेरेर त्यसरी कडा टिप्पणी गरेपछि हलमा सहभागी नेता कार्यकर्ताले धेरैबेर मुखामुख गरेको एक प्रत्यक्षदर्शीले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
