काठमाडौ, ४ असार ।
रास्वपाले ७ देखि ९ असारमा चितवनमा हुने आसन्न राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका १८ वटा उपसमिति बनाएको छ ।
कुन उपसमितिमा को?
कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमितिमा संयोजक कविन्द्र बुर्लाकोटी, प्रतिवेदन समन्वयमा भुपदेव शाह, गुनासो व्यवस्थापनमा विपिनकुमार आचार्य, आर्थिक व्यवस्थापनमा अभिषेक घिमिरे, महाधिवेशन प्रतिनिधि व्यवस्थापनमा लिमा अधिकारी, कानुनी समन्वयमा सुलभ खरेल, प्रचारप्रसार तथा सञ्चार समन्वय उपसमिति संयोजकमा मनिष झा रहेका छन्।
रास्वपाका अनुसार सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति संयोजकमा दीपकराज बोहरा, सूचना प्रविधिमा सरिता ज्ञवाली, आवास तथा भोजन व्यवस्थापनमा राजन गौतम, अतिथि सत्कारमा ध्रुव गिरी, हल तथा मञ्च व्यवस्थापनमा खुश्बुसरकार श्रेष्ठ, स्वास्थ्य सेवामा डा. तोसिमा कार्की, सांस्कृतिक कार्यक्रममा मोहनबहादुर थापा, यातायात व्यवस्थापनमा शिव नेपाली, स्थानीय समन्वयमा हरि ढकाल, अभिखेलीकरण तथा दस्ताबेजीकरण उपसमिति संयोजकमा गणेश पराजुली रहेका छन्।
त्यस्तै अनुशासन उपसमितिमा केन्द्रीय अनुशासन आयोगका सबै सदस्यहरू र अन्य सदस्यहरू पनि छन्।
