काठमाडौं, ५ असार
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न पहिलो महाधिवेशनबाट निर्वाचित सभापति झन् शक्तिसाली हुनेगरी पार्टीको विधान प्रस्ताव गरेको छ ।
पछिल्लो सचिवालय बैठकबाट अबको विधानमा १९ सदस्यीय पदाधिकारीमा ११ जना पदाधिकारी सभापतिको तजविजीमा मनोनित हुने व्यबस्था प्रस्ताव पारित भएसँगै रास्वपामा रवी लामिछाने झन् शक्तिसाली बन्ने निश्चित बनेको पदाधिकारी तहका नेताहरुले बताएका छन् ।
केन्द्रीय सचिवालयको पछिल्लो बैठकले केन्द्रीय नेतृत्वमध्ये पदाधिकारीसहित मुख्य पद सर्बसम्मत गर्ने समझदारी गरेको छ । पहिलो महाधिवेशन भएकाले रवी लामिछाने नै सभापति बन्ने नेताहरुले सार्बजनिक घोषणा गर्दै आएका छन् । पार्टीलाई अहिलेसम्म ल्याएर करिब दुई तिहाई बहुमतको अबस्थामा पु¥याएका कारण लामिछाने पुन ः सभापति दोहोरिदाँ झन् शक्तिसाली बन्नेगरी बिधान बन्ने निश्चित भएको छ ।
त्यस्तै, १ सय ५१ सदस्यीय केन्द्रीय समितिमा एक तिहाई अर्थात ५१ जना केन्द्रीय सदस्य पनि मनोनयनबाटै टुंगिनेगरी विधान पारित भएको छ ।
पहिलो र एकताको महाधिवेशन भएकोले एकताकै सन्देश दिने सहमति सचिवालयमा जुटेको नेताहरूले बताएका छन्।
मुख्य पदाधिकारीहरुमा १ सभापतिसहित उपसभापति ३ जना हुनेछन्। जसमा १ महिला अनिवार्य हुने र १ जनालाई मनोनीत गरिनेछ।
यस्तै, महामन्त्री २ जना रहने र १ जनालाई मनोनीत गरिने विधान पारित गरिएको छ ।
सहमहामन्त्री ५ जना रहने निर्णय भएको छ। जसमा २ जना मनोनीत गर्ने विधानको मस्यौदा बनेको छ। यस्तै, १ जना कोषाध्यक्ष, २ जना सहकोषाध्यक्ष, १ जना प्रवक्ता र ३ जना सहप्रवक्ता मनोनीत गरिनेछ।
बिहीबार बसेको सचिवालय बैठकले सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीमा सकभर चुनाव नगर्ने सहमति गरेको नेताहरुको भनाई छ ।
वरिष्ठ पदलाई पनि विधानमा समेटिएको छ। विधान महाधिवेशनपछि निर्णय गर्नेगरी यो महाधिवेशनमा यस पदलाई कायम राख्ने निर्णय भएको छ। रास्वपाले चुनावताका बालेन शाहलाई भित्र्याउन सो पद सिर्जना गरेको थियो।
बहुसंख्यक पदाधिकारीलाई सभापतिले मनोनित गर्ने भएपछि आकांक्षीहरु सभापति लामिछानेलाई रिझाउने दौडमा लागेका छन् । तर, सहमतिमा टुंग्याउँदा कम्तीमा ८ देखि ९ जनासम्म पदाधिकारी प्रधानमन्त्री बालेन्द्र शाह समूहमा रहेका नेताहरुलाई दिनुपर्ने अबस्था रहेको एक पदाधिकारीले बताए ।
‘
