काठमाडौं, ५ असार ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ एसएलसीको नतिजा प्रकाशन गरेको छ ।
परीक्षा सञ्चालनको ३५ दिनमै बोर्डले नतिजा प्रकाशन गरेको हो ।
गत वैशाख १४ देखि २७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए ।
जसअनुसार ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए ।
देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो ।