काठमाडौ, ५ असार ।
लुम्बिनी प्रदेशमा जिल्ला र प्रदेश कमिटीका असी प्रतिशतभन्दा बढी पदाधिकारीहरु अध्यक्ष केपी ओलीले बिदा दिएर एमालेलाई पुनर्गठन गर्नुपर्ने पक्षमा खुलेका छन ।
चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले कपिलवस्तुको चन्द्रौटामा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा त्यति धेरै प्रदेश र जिल्ला नेतृत्व सो त्यस्तो पक्षमा उभिएका हुन ।
लुम्बिनी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको गृह प्रदेश पनि हो । दुबैजना अहिले ओलीलाई हटाएर पार्टी पुनर्गठन गर्ने योजनामा छन ।
पार्टी सचिव छविलाल विश्वकर्माको अध्यक्षता तथा प्रदेश अध्यक्ष राधाकृष्ण कडेल को सञ्चालनमा सम्पन्न सो कार्यक्रममा नेताहरु रामबहादुर थापा विष्णु पौडेल पृथ्वी सुब्बा गुरुङ गोकर्ण बिष्ट शंकर पोख्रेल प्रदिप ज्ञवाली लगायतका लुम्बिनी प्रदेशका नेतृत्वहरूको उपस्थिति थियो ।
कार्यदलले सुझाव लिन बोलाएको १ सय ९ जना मध्ये ७४ जना उपस्थित रहेकोमा ६८ जनाले आफ्नो मत राखेका थिए ।
उनीहरूमध्ये नेतृत्व यथावतको पक्षमा ५ जना ७.३५% सूर्य थापा भूमेश्वर ढकाल गुल्मी र अर्घाखाँचीका अध्यक्ष बाँकेका सचिव थिए । बीचमा धारणा राख्नेमा ६ जना ८.८२% तथा केपी शर्मा ओली नेतृत्व छोड्नुपर्छ भन्नेमा ५७ जना ८३.८% रहेको कार्यदलकै एक सदस्यले बताए।
टिपोट गर्नका लागि प्रदेश सचिव लक्ष्मण आचार्य सहित तीन सदस्य कमिटी निर्माण भएको थियो।
