काठमाडौं, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ भोलि (बुधबार) हुने भएको छ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे शपथ कार्यक्रम हुनेछ। बुधबारनै केन्द्रीय समिति बैठक पनि बस्ने तय भएको छ।
चितवनको भरतपुरमा भएको महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित भएका थिए।
निर्वाचनको नतिजा घोषणा भएकै दिन भरतपुरमा सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए। अब बुधबार अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ हुनेछ।
