राधाकृष्ण देउजा।
नेपालको इतिहासमै यो तहमा राज्य आतंक कहीं कहिल्यै देखिएको थिएन । काठमान्डौमा मिडियाहरु लाइ अत्याउन जे जस्तो काम गरिए त्यस कार्यमा महानगरीय प्रहरीको जिम्मेवार निकायमा रहेका जिम्मेवार वरिष्ठ अधिकृत समेत जानकार थिए र पछि उनि समेतले त्यस्तो घृणित काम गरको देखिनु उदेक लाग्दो मात्रै हैन नेपाल प्रहरीलाइ सदैव माया गर्ने तमाम मिडियाहरुको लागि दुखद विषय पनि हो । जे हुँदै थियो त्यस बारेमा उनलाई जानकारी रहेको मात्रै नभई त्यस्तो काममा प्रहरीले सघाउनु हुन्न भन्ने आफ्नै कमान्डर समेतलाइ गालि गराउन उनले भूमिका खेलेको थाहा हुनु झन दुखद अनि निन्दनीय कुरा छ ।
प्रहरीको धर्म विपरित काम गरेर मन्त्री खुसि पारेको छु भन्ने उनले सोचेको होलान ।उनलाई लागेको होला कि गृह मन्त्रीजीले जोगाउने त पक्का छँदै नै छ अव त उनको सहयोगमा सफलताको नया उचाई नै छोइने छ । यद्धपि उनले यो बुझेका छैनन कि यस्तो संगिन किसिमको अपराधमा संलग्न मानिस गृह मन्त्रीको रुपमा रहने नै कति समय सम्म हो त्यो पनि समयले देखाउने छ ।हो नेपाल प्रहरीले नेपाल सरकारको आदेशको पालना गर्नु पर्छ तर विधि भन्दा वाहिर गएर दिइने आदेश पालना गर्ने कुनै पनि पात्र नेपाल प्रहरी संगठनमा रहन लायक हुँदैन । गलत काममा साथ दिने विचरा ति र त्यस्तै अरुहरुले भन्नु पर्ने हुनसक्ला कि “ तुम तो डुबे सनम हमको भी ले डुबे !”
