काठमाडौं, २० भदौ । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले मिस एण्ड मिसेस युनिभर्सल २०२६ सिजन ५’ मा दुई महत्वपूर्ण उपाधि जितेकी छन्।
पोखरेलले प्रतियोगितामा पब्लीक च्वाइस विनर र मिसेस कन्फिडेन्स विनर को उपाधि हात पारेकी हुन् । लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय पोखरेलको यो सफलता मिडिया क्षेत्रमा उनको निरन्तर योगदानसँगै आत्मविश्वास र सक्रियताको सम्मानका रूपमा पनि हेरिएको छ ।
प्रतियोगिताको लाइभ कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । प्रतियोगितामार्फत महिला प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा सामाजिक योगदानलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
दुई दशक लामो मिडिया यात्रामा विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएकी पोखरेलले प्राप्त गरेको दोहोरो उपाधिले उनको व्यावसायिक यात्रामा थप ऊर्जा र उत्साह थपेको छ।
मिस एण्ड मिसेस युनिभर्सल २०२६ सिजन ५’ मा अन्तर्गतको कार्यक्रममा पोखरेललाई पब्लीक च्वाइस विनर र मिसेस कन्फिडेन्स विनर को उपाधि घोषणा गरिएको हो ।



