काठमाडौं, २९ असोज ।
ठूलो र पुरानो दल कांग्रेसको पन्ध्रौं महाधिवेशनबाट प्रेस युनियनका पूर्व महासचिव तथा क्रियाशील पूर्व पत्रकार अजयबाबु शिबाकोटी सहमहामन्त्रीमा निर्वाचित हुँदा एमालेभित्र भने विगतमा झैं प्रेस चौतारीमा आबद्ध पत्रकारहरु फेरि पनि उपेक्षामा परेका छन् ।
शिबाकोटी युनियनको महासचिव हुँदा प्रेस चौतारी नेपालको अध्यक्ष बनेर कमाण्ड सम्हालिसकेका राजेन्द्र अर्याल, गणेश बस्नेत मात्रै होइन पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईं, गगन विष्टदेखि संस्थापक महासचिव प्रमोद दाहालसम्म कोही पनि केन्द्रीय सदस्य मनोनित कोटामा एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाईमा परेनन् ।
८ असोजमा सम्पन्न केन्द्रीय कमिटी र त्यसपछि सम्पन्न स्थायी समिति बैठकले ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्दासमेत एक जनासम्म प्रेस चौतारीमा आबद्ध पत्रकार ओलीको रोजाईमा नपरेका हुन् । यससँगै प्रेस चौतारीमा आबद्ध पत्रकारहरु धेरै असन्तुष्ट बनेको चर्चा चलेको छ ।
चौतारीमा आबद्धै नभएका पत्रकारहरुले एमाले सरकारमा रहेका बेला प्रेस काउन्सिल नेपालसहित धेरै ठाउँको महत्वपूर्ण नियुक्तिहरु पाउने तर लामो काम गरेकाहरुलाई नियुक्ति त परै जावस्, पार्टीमा काम गर्छु भन्दा पनि जिम्मेवारी नदिने लामो समयदेखिको नेतृत्वको सोच यस पटक पनि देखिएको चौतारी वृत्तमा चर्चा चल्न थालेको हो । यति हुँदाहुँदै पनि अहिलेका अध्यक्ष गणेश पाण्डेले पार्टी नेतृत्वलाई भेटेर प्रतिनिधिमण्डलका तर्फबाट असन्तुष्टि राख्न त परैजावस्, पूर्व अध्यक्षहरुलाई टेलिफोन गरेर सहानुभूतिसमेत नदेखाएको बुझिएको छ ।
चौतारीमा आबद्धै नभएका पत्रकारहरुले एमाले सरकारमा रहेका बेला प्रेस काउन्सिल नेपालसहित धेरै ठाउँको महत्वपूर्ण नियुक्तिहरु पाउने तर लामो काम गरेकाहरुलाई नियुक्ति त परै जावस्, पार्टीमा काम गर्छु भन्दा पनि जिम्मेवारी नदिने लामो समयदेखिको नेतृत्वको सोच यस पटक पनि देखिएको चौतारी वृत्तमा चर्चा चल्न थालेको हो । यति हुँदाहुँदै पनि अहिलेका अध्यक्ष गणेश पाण्डेले पार्टी नेतृत्वलाई भेटेर प्रतिनिधिमण्डलका तर्फबाट असन्तुष्टि राख्न त परैजावस्, पूर्व अध्यक्षहरुलाई टेलिफोन गरेर सहानुभूतिसमेत नदेखाएको बुझिएको छ ।
प्रचार कामलाई पन्ध्रओटामध्ये एउटा कार्यभारका रुपमा केन्द्रीय कमिटीले पास गर्दा एक जना पनि केन्द्रीय सदस्य मनोनयनमा नपर्दा चौतारी आबद्ध पत्रकार असन्तुष्ट मात्र भएका छैनन्, एमाले कहिल्यै नसुध्रिनेभो भन्दै चियापसलहरुमा बिलौना गाउन थालेका छन् । जबकी रास्वपाले पूर्व पत्रकार प्रमोद न्यौपानेलाई पदाधिकारी सरहको जिम्मेवारी संगठन विभाग प्रमुख र जगदीश खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
उता, भर्खरै सम्पन्न कांग्रेस महाधिवेशनबाट ४७ वर्षे शिबाकोटीले कान्छो पदाधिकारीका रुपमा सहमहामन्त्रीमा डेब्यु गरेका छन् । जबकी शिबाकोटीकै गृह जिल्ला दोलखाका बस्नेत भने उनीभन्दा राजनीतिमा जुनियरहरुलाई मनोनित गरेकोमा खुशीयाली साट्दै बधाई हाल्न विवश छन् ।
त्यस्तै, दशौं महाधिवेशनदेखि नै केन्द्रीय सदस्यको लिष्टमा नपरेपछि केन्द्रीय प्रचार विभागको सचिवमा रुचि राख्दै आएका राजेन्द्र अर्याल, उनीपछि दुई कार्यकाल चौतारीको नेतृत्व सम्हालेका बस्नेत एघारौं महाधिवेशनमा केन्द्रीय सदस्यकै उम्मेद्वार बनेका थिए । तर, पराजित भए । पराजित भएकालाई एमालेमा मनोनित गर्ने प्रचलन पनि छ । तर, त्यो प्रचलन अध्यक्ष ओलीले नै पटक पटक तोडेका कारण प्रश्न उठ्ने गरेको छ ।
मनोनयनमा नपर्नुको एउटा कारण पराजय हो भने स्वयं अध्यक्ष ओलीले उपमहासचिव र केन्द्रीय सदस्य दुवैतिर पराजित विष्ण्ॉ रिमाललाई पदाधिकारीकै मर्यादा दिएर नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी सम्हाल्नेगरी निर्णय गराएर किन काम दिए भन्ने स्वभाविक प्रश्न खडा गरेको छ । जबकी, उक्त विभाग यसअघि अध्यक्षपछिको दोस्रो मर्यादामा रहेका नेताहरु झलनाथ खनाल र ईश्वर पोखरेलले सम्हालेका थिए ।
उता, चौतारीकै पूर्व अध्यक्ष डा. चापागाईंले भने पार्टी नसुध्रिने भो भन्दै दिनहुँ जस्तै बिलौना गाइरहेको बुटवलतिरका एक अग्रज पत्रकारले नेपाल चर्चालाई बताए । अर्यालले भने बुझिने भाषामै संजालमा नेतृत्वलाई कटाक्ष गर्दै असन्तुष्टि जनाएका छन् ।
पछिल्लो पटक उनले लेखेका छन्,‘जेन जी आन्दोलन हुँदै फागुन २१ को चुनावबाट धुलिसाल भएको नेकपा एमालेका शिर्ष नेताहरुले रास्वपा भित्र लफडा बढेर बिभाजन होला अनि हाम्रो पालो आउँछ, खान पाउछौ, हिजो घण्टीमा भोट हाल्ने एमालेजन फेरि फर्कन्छन् भन्ने सोंच ( घ्युसँग लड्डु खाएको) देखेर अचम्म लाग्यो । नयाँ आकर्षण गर्ने योजना देखिदैन । महासयहरु चुपचाप घण्टीछाप भन्ने एमालेजन अब फर्किन्नन है,बरु घण्टीको बिकल्प अझ अगाडि खोज्छन् … नयाँ वैकल्पिक पार्टी जन्मिन्छन र त्यतै लाग्छन् ।’
उनको असन्तुष्टिमा चौतारीकै सचिव प्रदिप आचार्य, पूर्व पदाधिकारीदेखि थुप्रै चौतारीयनहरुले कमेन्ट गर्दै ढाडस दिने कोशिस गरेका छन् ।


