काठमाडौं, ३० असोज ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ७१औं प्रहरी दिवस २०८३ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नवराज अधिकारीलाई , कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । प्रहरी प्रधानकार्यालयमा आयोजित विशेष समारोहमा सो कदर पत्र प्रदान गरेका हुन । प्रहरी प्रधानकार्यालयमा रहेर कार्यालय व्यवस्थापनमा उत्कृष्ट कार्यगरे वापत सो कदर पत्र प्रदान गरेका हुन् ।

एसएसपी अधिकारी यसअघि ट्राफिक प्रहरीमा रहँदा पनि उत्कृष्ट कार्य गरेका थिए ।
त्यसक्रममा प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट कार्य गरी पुरस्कृत हुने प्रहरी कर्मचारीहरूले नेपाल प्रहरीको विविध क्षेत्रमा कार्यरत रही निर्वाह गरेको जिम्मेवारी र प्रदर्शन गरेको व्यावसायिकताले नेपाल प्रहरीले जनसेवामा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको उल्लेख गर्दै पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्दै पुरस्कृत हुनुभएका प्रहरी अधिकृतहरूलाई आगामी दिनमा अझ जिम्मेवार, निष्पक्ष, पारदर्शी र परिणाममुखी सेवा प्रदान गर्ने दायित्व समेत थपिएको बताएका थिए ।



