काठमाडौं, ३० असोज । प्रहरी सेवामा ३० वर्ष व्यतित गरेर अवकाशप्राप्त पूर्वएसएसपी दिनेश मैनाली सम्मानित भएका छन् ।
७१ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उनलाई शुक्रबार प्रशंसा पत्रद्वारा सम्मानित गरेका हुन् ।
सेवा निवृत्तपछि पनि प्रहरीको विकास, सुदृढीकरण तथा गरिमा अभिवृद्धिका लागि व्यावसायिक लेखलगायत विभिन्न माध्यमबाट निरन्तर कृयाशील रहेको भन्दै उनी सम्मानित भएका हुन् ।
पूर्वएसएसपी मैनालीले प्रहरी जीवनमा अनेकौं चुनौती र जोखिमयुक्त जिम्मेवारी निर्वाह गरेका थिए । २०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षकको दर्जाबाट सेवामा प्रवेश गरेका उनी २०८१ भदौ १६ मा एसएसपी दर्जाबाट अवकाश भएका थिए ।


