राष्ट्रको आकार फरक हुन सक्छ, सार्वभौम अधिकारको मूल्य फरक हुँदैन। त्यसैले भारतसँग असहमति राख्ने हरेक नेपालीलाई भारतविरोधी ठहर गर्नु जति गलत हो, भारतसँग राम्रो सम्बन्ध राख्नुलाई मात्र राष्ट्रवादको प्रमाण ठान्नु पनि उत्तिकै गलत हो।
सरकारको आत्मसमर्पणबादी चिन्तनले नेपालको सार्वभौमसत्ता र स्वाभिमानको रक्षा गर्दैन नेपालको राष्ट्रवादलाई भारतविरोधको साँघुरो चस्माबाट हेर्नु नेपालको इतिहास, भूगोल, राष्ट्रिय मनोविज्ञान र स्वाधीन चेतनालाई सही ढङ्गले बुझ्न नसक्नु हो। भारत नेपालको छिमेकी मात्र होइन , इतिहास, संस्कृति, धर्म, सामाजिक सम्बन्ध र जनस्तरको आत्मीयताले जोडिएको निकटतम मित्र हो। तर छिमेकीसँगको निकटता र आफ्नो राष्ट्रिय स्वाभिमानबीच कुनै विरोधाभास हुँदैन। बरु जति निकट सम्बन्ध हुन्छ, त्यति नै पारस्परिक सम्मान, समानता र संवेदनशीलताको आवश्यकता पर्छ। मित्रता आत्मसमर्पण होइन।
सहकार्य परनिर्भरता होइन। असहमति शत्रुता होइन। आफ्नो राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिनु भारतविरोध पनि होइन।नेपालको परराष्ट्र नीतिको आधार यही विवेकमा उभिनुपर्छ। पञ्चशीलका सिद्धान्त, पारस्परिक सम्मान, समान सार्वभौमसत्ता, अहस्तक्षेप, शान्तिपूर्ण सहअस्तित्व र राष्ट्रिय हित नेपालको परराष्ट्र सम्बन्धका आधारभूत मार्गदर्शक हुन्। नेपालको आकार, जनसंख्या, अर्थतन्त्र वा सैन्य सामर्थ्य भारतसँग तुलना नहुन सक्छ।
तर सार्वभौम राष्ट्रका रूपमा नेपालको हैसियत कुनै पनि अर्थमा कम छैन। राष्ट्रको आकार फरक हुन सक्छ, सार्वभौम अधिकारको मूल्य फरक हुँदैन। त्यसैले भारतसँग असहमति राख्ने हरेक नेपालीलाई भारतविरोधी ठहर गर्नु जति गलत हो, भारतसँग राम्रो सम्बन्ध राख्नुलाई मात्र राष्ट्रवादको प्रमाण ठान्नु पनि उत्तिकै गलत हो। राष्ट्रवादको वास्तविक अर्थ आफ्नो देशको राष्ट्रिय हित, स्वतन्त्र निर्णय क्षमता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु हो।
नेपाल–भारत सम्बन्धको इतिहासमा आत्मीयता र सहकार्यका अनेक उज्याला पाटा छन्। तर इतिहास केवल उज्याला पाटाले मात्र बन्दैन। सीमासम्बन्धी विवाद, असमानताको अनुभूति, व्यापार तथा पारवहनका कठिनाइ, विभिन्न समयमा उत्पन्न राजनीतिक तनाव र त्यसले नेपाली जनमानसमा पारेका प्रभाव पनि यही इतिहासका हिस्सा हुन्। ती विषयलाई बिर्सनु वा लुकाउनु मित्रताको प्रमाण होइन। बरु परिपक्व मित्रताको अर्थ कठिन प्रश्नबाट भाग्नु होइन , तथ्य, प्रमाण, संवाद र कूटनीतिक माध्यमबाट तिनको समाधान खोज्नु हो।
यही सन्दर्भमा सार्वजनिक पदमा रहेका व्यक्तिको अभिव्यक्ति अझ संवेदनशील र जिम्मेवार हुनुपर्छ। नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुने क्रममा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘भारतविरोधी राष्ट्रवादको युग समाप्त भएको’ र नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर हेर्ने युग समाप्त भएको आशयको अभिव्यक्ति दिएपछि यस विषयमा बहस नयां बहस शुरु भएको छ ।

भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकताबारे बहस गर्न सकिन्छ। भारतसँग सहकार्य विस्तार गर्नुपर्छ भन्नेमा पनि दुईमत हुन सक्दैन। तर नेपालको इतिहासमा आफ्नो राष्ट्रिय स्वाधीनता, सीमा र स्वाभिमानका पक्षमा उठेका आवाजलाई समग्रमा ‘भारतविरोधी राष्ट्रवाद’ भनेर व्याख्या गर्नु भने गम्भीर आत्मसमर्पणबादि चिन्तन हो।
किनभने नेपालको राष्ट्रवाद कुनै देशप्रतिको घृणाबाट जन्मिएको राष्ट्रवाद होइन। यो आफ्नो माटो, आफ्नो सीमा, आफ्नो पहिचान र आफ्नै निर्णय गर्ने अधिकारप्रतिको प्रेमबाट जन्मिएको राष्ट्रवाद हो।लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्ने नेपालको संवैधानिक तथा राजनीतिक दाबीलाई उठाउनु भारतविरोध होइन। नेपालको सीमाको रक्षा गर्नुपर्छ भन्नु भारतविरोध होइन।
दुई सार्वभौम राष्ट्रबीच मतभेद हुनु अस्वाभाविक होइन। असल कूटनीतिले मतभेदलाई मित्रताको अन्त्य होइन, समाधान खोज्ने अवसरका रूपमा लिन्छ। नेपालको परराष्ट्र नीति भारत वा चीनमध्ये कसैको पक्षमा उभिने नीति होइन , नेपालको पक्षमा उभिने नीति हुनुपर्छ।
राष्ट्रिय हितअनुकूल परराष्ट्र नीति हुनुपर्छ भन्नु भारतविरोध होइन। आफ्नो देशको हितमा तथ्य र प्रमाणसहित दृढतापूर्वक उभिनु जिम्मेवार राष्ट्रवादको स्वाभाविक अभिव्यक्ति हो। नेपालका नागरिकले भारतसँग मित्रता चाहन्छन्, तर आफ्नो स्वाभिमानको मूल्यमा होइन। उनीहरू सहकार्य चाहन्छन्, तर समानताको आधारमा। उनीहरू खुला सम्बन्ध चाहन्छन्, तर राष्ट्रिय हितलाई बेवास्ता गरेर होइन।
यही भावना नेपाली राष्ट्रवादको मूल चरित्र हो। नेपाल र भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन पनि यही सत्य स्वीकार गर्नुपर्छ । दुवै देशका हित फरक हुन सक्छन्, तर त्यसको अर्थ शत्रुता होइन। दुई सार्वभौम राष्ट्रबीच मतभेद हुनु अस्वाभाविक होइन। असल कूटनीतिले मतभेदलाई मित्रताको अन्त्य होइन, समाधान खोज्ने अवसरका रूपमा लिन्छ। नेपालको परराष्ट्र नीति भारत वा चीनमध्ये कसैको पक्षमा उभिने नीति होइन , नेपालको पक्षमा उभिने नीति हुनुपर्छ।

भारतसँग मित्रता राख्दा चीनसँग दूरी बनाउनुपर्ने र चीनसँग सम्बन्ध राख्दा भारतसँग वैरभाव राख्नुपर्ने सोच दुवै नेपालको हितमा छैन। नेपालका दुवै छिमेकीसँग समान सम्मान, पारस्परिक हित र राष्ट्रिय स्वायत्तताका आधारमा सम्बन्ध विकास गर्नुपर्छ। आज नेपाललाई देशभक्ति र राष्ट्रिय हितको रक्षा गर्न सक्ने राष्ट्रवाद चाहिएको छ ।
बर्तमान सरकार र त्यसको अर्थ मन्त्रिलाई यो भारत बिरोधी बिचार लाग्छ भने नेपालि जनता यो गल्ति बह्मण्ड रहे यम्म गरिरहन्छ । नेपालको हितमा डटिरहनेछन । ल्याण्डुपे हरुको जति चित दुखेपनि स्वाभिमान नेपालीहरुले ऊनीहरुको चित्त दुखाईरहन्छन ।
सचेत, संयमित र विवेकपूर्ण राष्ट्रवाद चाहिएको छ। यस्तो राष्ट्रवादले छिमेकीलाई शत्रु बनाउँदैन, तर आफ्नो राष्ट्रिय हितलाई पनि कसैको सुविधाअनुसार परिभाषित गर्न दिनु हुदैन ।राष्ट्रवादले संवादको ढोका बन्द गर्दैन, तर राष्ट्रिय स्वाभिमानको ढोका पनि खुला छोड्दैन। आजको बहस भारतविरोधी राष्ट्रवाद भन्ने होइन। मूल प्रश्न नेपाली राष्ट्रवादको आधार -नेपाली राष्ट्रवाद आफ्नो माटोप्रतिको प्रेम हो ,सीमाप्रतिको जिम्मेवारी हो ,आफ्नो निर्णय आफैं गर्ने अधिकार हो , राष्ट्रिय स्वाभिमानको रक्षा हो , त्यसलाई कुनै अर्को राष्ट्रप्रतिको घृणाको भाषामा व्याख्या गर्नु न्यायसंगत हुँदैन।नेपालि जनताको यो राष्ट्रिय दायित्व निर्बाह गर्नु भारत बिरोध होईन ।
बर्तमान सरकार र त्यसको अर्थ मन्त्रिलाई यो भारत बिरोधी बिचार लाग्छ भने नेपालि जनता यो गल्ति बह्मण्ड रहे यम्म गरिरहन्छ । नेपालको हितमा डटिरहनेछन । ल्याण्डुपे हरुको जति चित दुखेपनि स्वाभिमान नेपालीहरुले ऊनीहरुको चित्त दुखाईरहन्छन । भारत नेपालको मित्र हो, छिमेकी हो र ऐतिहासिक सम्बन्धले जोडिएको महत्वपूर्ण साझेदार हो। त्यसैले भारतसँग राम्रो सम्बन्ध नेपालका लागि आवश्यक छ। असल सम्बन्धको अर्थ आफ्नो राष्ट्रिय स्वार्थलाई गौण बनाउनु होइन। समानताको आधारमा उभिएको मित्रता मात्र दीर्घकालीन मित्रता हुन्छ।
सार्वजनिक पदमा बसेका नेतृत्वले अन्तर्राष्ट्रिय मञ्चमा बोल्दा अझ बढी ध्यान दिनुपर्ने विषय यही हो। व्यक्तिगत राजनीतिक दृष्टिकोण र नेपालको आधिकारिक राष्ट्रिय हितबीच स्पष्ट भिन्नता हुनुपर्छ। नेपाली जनताको देशभक्तिपूर्ण संवेदनालाई ‘भारतविरोधी भावना’का रूपमा सामान्यीकरण गर्नुको सट्टा त्यस भावनाभित्र रहेको इतिहास, पीडा, स्वाभिमान र राष्ट्रिय आकांक्षालाई बुझ्ने प्रयत्न आवश्यक छ। राष्ट्रवादलाई कमजोर पारेर मित्रता बलियो हुँदैन। बरु आफ्नो राष्ट्रिय आत्मविश्वास बलियो बनाएर मात्र सम्मानजनक अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सकिन्छ।
नेपालले भारतसँग शत्रुता होइन ! सम्मानजनक मित्रता चाहन्छ।नेपालले टकराव होइन । समानतामा आधारित सहकार्य चाहन्छ।नेपालले दूरी होइन पारस्परिक विश्वास चाहन्छ।यी सबैको आधारमा एउटा अटल सत्य नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमा कुनै सम्झौता हुन सक्दैन। नेपाल सानो हुन सक्छ, तर सार्वभौमसत्ता सानो हुँदैन। नेपालको अर्थतन्त्र कमजोर हुन सक्छ, तर राष्ट्रिय आत्मसम्मान कमजोर हुनु हुँदैन। नेपालका स्रोत सीमित हुन सक्छन्, तर आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकार सीमित हुँदैन।
सार्वजनिक पदमा बसेका नेतृत्वले अन्तर्राष्ट्रिय मञ्चमा बोल्दा अझ बढी ध्यान दिनुपर्ने विषय यही हो। व्यक्तिगत राजनीतिक दृष्टिकोण र नेपालको आधिकारिक राष्ट्रिय हितबीच स्पष्ट भिन्नता हुनुपर्छ। नेपाली जनताको देशभक्तिपूर्ण संवेदनालाई ‘भारतविरोधी भावना’का रूपमा सामान्यीकरण गर्नुको सट्टा त्यस भावनाभित्र रहेको इतिहास, पीडा, स्वाभिमान र राष्ट्रिय आकांक्षालाई बुझ्ने प्रयत्न आवश्यक छ।
नेपाली राष्ट्रवादलाई भारतविरोधको नाम दिनु पनि गलत हो र भारतसँगको मित्रतालाई नेपालको राष्ट्रिय हितभन्दा माथि राख्नु पनि गलत हो। नेपालको राष्ट्रवाद कसैको विरोधमा होइन—नेपालको पक्षमा हो।यसको मूल मन्त्र “सबैसँग मित्रता, कसैसँग वैरभाव होइन , नेपालको सार्वभौमसत्ता, अखण्डता, स्वाधीन निर्णय क्षमता र राष्ट्रिय स्वाभिमानमा कुनै अनुचित सम्झौता पनि होइन।”
लेखकः पूर्व पर्यटन मन्त्री तथा तथा नेकपा एमालेका नेता हुन ।

