काठमाडौं, १० कात्तिक । ब्राजिलमा ट्रम्प बिरोधी वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा राष्ट्रपति निर्वाचित भएका छन् ।
पहिलो चरणमा पछि परेका ८० वर्षीय लुलाले दोस्रो चरणको निर्वाचनमा ट्रम्प सामर्थक ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सेनारोलाई पराजित गरेका हुन् ।
बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् ।
लुलाले चौथो कार्यकाल ब्राजिलको नेतृत्व गर्नेछन्।

निर्वाचन कार्यालयका अनुसार लुलाले ५१.८ प्रतिशत र बोल्सोनारोले ४८.२ प्रतिशत सदर मत प्राप्त गरेका छन् ।
अमेरिकामा मध्यावधि निर्वाचन हुनै लागेका बेला नजिकैको छिमेकी ब्राजिलमा आफ्ना कट्टर विरोधीले निर्वाचन जितेपछि ट्रम्पलाई धक्का लागेको बताइन्छ। अमेरिकी सोचका विरुद्ध गठन भएको मानिने ब्रिक्सको ब्राजिल संस्थापक सदस्य पनि हो ।

