काठमाडौ, १० कार्तिक ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आगामी २१–२३ मंसिरमा समानान्तर महाधिवेशनका लागि तयारी तीब्र पारेको छ ।
चुनदेवी काठमाडौमा सम्पर्क कार्यालय खोली महाधिवेशन तयारी थालेको देउवा पक्षले ६ हजर ७४३ वडामध्ये ६ हजार एक सयभन्दा बढी वडामा अधिवेशन सम्पन्न भइसकेको जनाएको छ ।
त्यस्तै, ४८० पालिका अधिवेशन, १७० प्रदेश सभा क्षेत्रका अधिवेशन, ८५ वटा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र आठ जिल्ला अधिवेशन सम्पन्न गरिसकेको नेता दिपक कुईकेलले बताए ।
उनका अनुसार आगामी ३० कात्तिकभित्र सबै जिल्ला अधिवेशन सम्पन्न हुनेछन । देउवा पक्षले तल्लो तहका अधिधवेशन अघि बढाउनुका साथै संस्थापनतिर लागेका नेताहरूलाई फर्काउने प्रयास पनि जारी राखेको छ ।


