काठमाडौं, ११ कात्तिक । सीमा सुरक्षालाई प्रभावकारी बनाउने तथा सीमापार अपराध नियन्त्रणलाई सुदृढ गर्ने उद्देश्यसहित नेपाल–भारत समन्वय बैठक सुरू भएको छ।
सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय हलचोकमा १०औं नेपाल–भारत समन्वय बैठक सुरू भएको हो। बैठकमा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सहभागी छन्।

बैठकमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने, सीमा सुरक्षा तथा सीमापार अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने र सीमापार आवागमनलाई सुरक्षित तथा व्यवस्थित बनाउने विषयमा छलफल हुने जनाइएको छ।
त्यस्तै आपसी सूचना आदानप्रदान र समन्वय विस्तार गर्दै नेपाल–भारत सीमामा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने साझा प्रतिबद्धतासहित बैठक सुरू भएको सशस्त्र प्रहरी बलले जनाएको छ।


