नेपालको इतिहासमै पहिलो पटक दल र कुनै राजनीतिक विचार संग नजोडिएका युवाहरुले २०८२ सालको भाद्र २३ मा भ्रष्टचारको विरुद्ध सशक्त प्रदर्शन गर्दै सुशासन स्थापनाको आवाज उठाउँदै गर्दा जे जे जसरि युवाहरुको नरसंहार गरियो वा गराइयो , त्यसपछि त्यही नरसंहारको जवाफी कारवाहीको नाममा भाद्र २४ गते देशमा आतंककारी हमला गराइयो ।
देख्दा नेपाली अनुहार देखिने , भन्दा भाद्र २३ गतेको आन्दोलनमा मारिएका युवाहरुको मृत्युको वदलामा भन्ने तर काम चाहिं ति युवाहरुको सपना विपरित ति युवाहरुले जोगाउन र बनाउन खोजेको देश नै तहस नहस पारियो । हो त्यही आतंककारी हमलाको दौरान नेपालको सम्मानित सर्वोच्च अदालत पनि जलाएर करिव करिव नष्ट गरियो ।
आगो लागेको त्यसबेलाको सर्वोच्च अदालतको भवनको तस्विर हेर्दै गर्दा अहिले पनि साइनबोर्डमा रहेको ”अदालत” नै देखिन्न । तर बिना कारण आफ्नो भवन जल्दै गर्दा पनि सम्मानित सर्वोच्च अदालतका न्यायधिशहरुले खरानी माथि बाट नै सकेसम्मको न्याय दिंदै रहनु भयो । अदालतको भवन जल्यो तर अदालत प्रतिको आस्था ढलेन ।
त्यस्तो अनेकन चुनौती अनेकन पटक सामना गर्दै आम रुपमा अदालत बाट न्याय हुन्छ भन्ने आशा जगाउन सफल न्यायलय र त्यसमा रहेर निस्पक्ष न्याय गर्दै रहनु भएका न्यायधिशहरु सदैव सम्मानको हकदार हुनुहुन्छ । दुनिया लाइ थाहा छ आजको नेपालमा निर्वाचित तानाशाहीको अभ्यास गर्न खोजिंदै छ ।
निर्वाचनमा प्राप्त जनमत ( आम जनताको मत हेर्ने हो भने अहिले पनि सरकार बनाउने दलले पाएको भन्दा धेरै मत विपक्षमा नै छ किन कि जनमत भनेको त हालिएको मत अनि मत नै नहालिएको संख्या पनि त हो ) को दम्भमा रहेर अहिलेको सरकार संविधान ,संसद , अदालत , राष्ट्रपति समेत लाइ अपमान गर्न व्यस्त छ ।
आफ्नो विरोध गर्ने वित्तिकै जसलाई जुनसुकै बेला गिरफ्तार गर्ने त सरकारको दैनिकी भैसकेको छ । हुँदा हुँदा संविधान , ऐन , नियम कानुनलाइ पूर्ण रुपमा व्यवास्ता गर्दै चयन मुखी कारवाही गर्नु गलत हो भन्ने दुसाहस गरेकै हुँदा नेपाल प्रहरीका आइजीपी लाइ समेत अन्यत्र सरुवा गरिएको भनिएको छ जुन कुरा संविधान ऐन नियम कानुनले कल्पना नै गरेको छैन ।
धन्न यस्तो ठुलो त्रासको अवस्थामा पनि आइजीपीको जिम्मेवारी बाट अलग गरिएका दान बहादुर कार्कीले अन्यायपूर्ण ढंगले विधि विपरित गरिएको कामको विरुद्ध अदालत जाने हिम्मत गरेका छन । एकाध न्यायधिशहरुको निजि स्वार्थमा भएका कतिपय सम्पर्क सम्वन्धहरुको अनेकन फण्डा निकालेर सिंगो न्यायलय माथि नै प्रहार भैरहेको बेला पनि न्यायको विश्वास लिएर अदालत पुगेका दान बहादुर कार्की केवल एक पिडित अधिकृत मात्रै नभई अहिलेको भय र आतंकको विच पनि न्यायलय संविधान , कानुन र नियमको मर्मको रक्षा गर्ने धर्म गर्न सक्षम छ भन्ने ठान्ने आम जनताको प्रतिनिधि पात्र मात्रै हुन ।
त्यसैले सम्मानित सर्वोच्च अदालतको गरिमा , त्यहाँ रहेका न्यायधिशहरुको निष्ठा र संविधान प्रतिको वहाँहरुको वफादारिताको आधारमा आज पनि के ठोकुवा गर्न सकिन्छ भने केहि लालचीहरुलाइ छोडेर आज पनि समग्र न्यायमुर्तिहरु बाट संविधानको मर्म भन्दा वाहिर कुनै निर्णय हुने छैन ।
नेपाल प्रहरीको आइजीपीलाइ अन्यत्र सरुवा गर्ने सरकारी निर्णयका सम्वन्धमा पनि श्रीमानहरुले संविधान , ऐन , नियम , कानुनमा लेखिए र नजिरमा देखिए भन्ने फैसला गरिने छैन । त्यसो हुँदा नेपालको संविधान , कानुन , प्रहरी नियामावली वा अन्यत्र कतै पनि प्रहरी सेवामा भर्ना हुन निश्चित छनोट प्रक्रिया पार गर्दै , कडा मेहनत पर्ने महिनौ लामो तालिम गर्दै , वृति विकासको अनेकन चरण पास गर्दै प्रहरीको निश्चित दर्जामा पुगेको कुनै अधिकृत लाइ प्रहरी सेवा वाहेक अन्यत्र सरुवा गर्न सक्ने व्यवस्था नभएकोले दान बाहदुर कार्की लाइ आइजीपीको जिम्मेवारी बाट अन्यत्र सरुवा गर्ने निर्णय अदालत बाट खारेज नभई सुख नै छैन । त्यसो गरेर अदालतले न दान लाइ जिताउने हो न मनोज लाइ हराउने हो , उसले त संविधान लाइ हार्न बाट जोगाउने मात्रै हो अनि अदालतले गर्नु पर्ने पनि त्यही नै हैन र ?


