काठमाडौं, ७ मंसिर ।
मुलुकमा हिन्दु धर्मको प्रचारका लागि हुंकार मधेशले मेची–महाकाली हुंकार हुलाकी यात्रा गर्ने भएको छ । प्रवक्ता केशव झाले केही दिनभित्रै मेची–महाकालीय यात्रा सुरु हुन लागेको जानकारी दिए ।
‘पछिल्लो समय राजनीति प्रति उत्पन्न निराशाको अन्त्यको उपाय बारे चर्चा, मौलिक ज्ञान प्रणालीको चर्चा, पुर्वीय दर्शन सभ्यता सम्बन्धि सम्वाद, संघीय लोकतान्त्रिक हिन्दु गणराज्य सम्बन्धि सम्वाद, राजनीति दल र नेता कस्तो हुनुपर्ने बारे चर्चा, नेपालको मुल राजनीतिक अन्तद्र्वन्दको समाधानको उपाय बारे चर्चा, समाजमा विद्यमान विभिन्न खाले समस्याहरुको समाधानको उपाय बारे सम्वाद गर्ने जस्ता कार्यक्रम तय गरिएका छन ।’ झाले यात्राबारे विज्ञप्तिमार्फत जानकारी दिँदै भनेका छन् ।
साथै यात्रामा आगामी हुने स्थानीय तहको निर्वाचन गैरदलिय गरिनु पर्ने जनमत तैयार गर्न र सनातन संस्कृति बारे गहन छलफल गर्ने लगायतका कार्यक्रम पनि तय गरिएका छन ।


