काठमाडौं, असोज ११
जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार बस्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकमा केपी ओलीको राजीनामा माग्ने तयारी भएको छ ।
देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे हुने छलफलमा इश्वर पोखरेलको संयोजकत्वमा महाधिवेशनमा जने प्रस्ताव गरिँदै गरेको श्रोतले जनाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उनले बताए पनि केपी ओलीको राजीनामा मागिने श्रोतको दाबी छ ।
