काठमापडौं, असोज २७
सन् २०२५ को अर्थशास्त्रको नोबेल पुरस्कार तीन अर्थशास्त्री — जोएल मोकिर, फिलिप अघियन र पिटर हाविटलाई प्रदान गरिएको छ।
रॉयल स्विडिस एकेडेमी अफ साइन्सेजका अनुसार, यी तीनै जनालाई “नवाचारमा आधारित आर्थिक विकासको नयाँ व्याख्या प्रस्तुत गरेको” योगदानका लागि यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो।
अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिरलाई “प्राविधिक विकासमार्फत दिगो विकासका आवश्यक सर्तहरूको पहिचान गरेको” कारण यो पुरस्कार दिइएको हो।
त्यस्तै, लन्डन स्कूल अफ इकोनॉमिक्स एन्ड पॉलिटिकल साइन्सका फिलिप अघियन र अमेरिकाको ब्राउन युनिभर्सिटीका पिटर हाविटलाई “सृजनात्मक विनाश मार्फत विकासको सिद्धान्त प्रतिपादन गरेको” कारण यो सम्मान प्रदान गरिएको हो।
रॉयल स्विडिस एकेडेमीले जनाएको छ कि यी तीनै अर्थशास्त्रीहरूले देखाएका छन् कि नयाँ प्रविधि र नवाचारहरूले कसरी आर्थिक विकासलाई तीव्र गतिमा अघि बढाउन सक्छ।
