काठमाडौं, कात्तिक २
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि आज पहिलो पटक पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि उनी प्रधानमन्त्रीबाट सत्ताच्युत भएका थिए।
पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे ललितपुरको रामबाग महलमा हुने नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटीको तीन दिने बैठक पनि त्यहीँ भएको थियो ।
