काठमाडौं, कात्तिक २
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्ने निहुँ खोज्नेमा सरकारले समय खर्चिरहेको बताएका छन् । उनले आफूलाई गिरफ्तार गर्न कर्मचारीहरूलाई दबाब दिइरहेको दाबी गरे ।
उनले आफू जेनजी हुँदा देश बनाउन हिँडेको भन्दै नलत्रिने बताए । “तपाईंहरू अँध्यारो मुख किन नलगाएको भन्नुहुन्छ । यो दुईदिनको लिला हो । कसले नचाएको छ कठपुतली, म अँध्यारो मुख लगाएर बस्छु ?,” यो देश बनाउन हिँडेको बेला म आफैँ जेनजी उमेरमा भर्खर टेकेको थिएँ १४ बर्षको थिए, अहिले लत्रेर अँध्यारो मुख लगाएर हिँड्छु ?,” उनले सोधे ।
उनले गोलघरमा १४ वर्ष बिताएको भन्दै कष्ट सहन तयार भएको बताए ।
