काठमाडौं, कात्तिक २
आगामि फागुन २१ गते घोषणा गरिएको निर्वाचनकोलागि ७० हजार ४सय १५जना नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार २०६४साल फागुन २० गतेसम्म जन्मिएका नेपाली नागरिकले फागुन २१ गतेको निर्वाचनमा भाग लिन सक्ने छन । निर्वाचन आयोगले अनलाइनबाट मतदाता नामावलीमा नाम राख्न सकिने व्यवस्था मिलाएको छ ।
फोटो खिचाउनकोलागि भने नजिकैको निर्वाचन कार्यालयमा जानु पर्ने व्यवस्था गरिएको छ ।
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा करिब १ करोड ८० लाख मतदाता रहेका थिए ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम राख्न आगामि कात्तिक ३० गते सम्म समय दिएको छ । कात्तिक ३० गते पछि अनलानइनबाट फाराम भर्न नसकिने व्यवस्था आयोगले मिलाएको छ ।
