काठमाडौं, कात्तिक ८
प्रहरीबाट लुटिएका गोलीस्हित दुई जना पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा लुटपाट भएको तीन थान गोलीसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले एम्बुस (आकस्मिक) अपरेसनका क्रममा नरेफाटबाट गोलीसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दिया, बढैयाताल ३ घर भई काठमाडौंको कपनमा डेरा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा, झिलझिले घर भई काठमाडौंको मालीगाउँस्थित आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर हुन् ।
उनीहरूले जेनजी आन्दोलनका क्रममा दरबारमार्गमा उक्त गोली भेटेको र साथमा लिएर हिंडेको बताएका छन् । त्यहाँबाट लुटिएका हतियारको विषयमा भने उनीहरूले केही बताएका छैनन ।
