काठमाडौं, कात्तिक १२
जेनजी आन्दोलनबाट सरकारका पुगेका गैर राजनीतिक व्यक्तिहरुले काम गरिरहेको छु भनेर देखाउन राजनीतिका दुई कमजोर पात्रमाथि प्रहार गरेका छन् । । एमालेबाट फरक पार्टी निर्माण गरेका माधव नेपाल र माओवादीमा कमजोर रहेका कृष्णबहादुर महरालाई अहिलेको सरकारले देखावटी हमला गरेको छ । खासगरी सुन प्रकरणमा महराका छोरा समेत जेल गएका बेला मूख्य आरोपी बाहिर थिए । प्रहरीले मूख्य आरोपी खोज्न नलागी महरालाई पक्राउ गरेर अदालत बुझायो । महरालाई प्रमाणको आधारमा होइन शंकाको आधारमा अदालत लगिएको थियो ।
महाराको अभियोग पत्रमा महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय मागदाबी गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो । महरामाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लगाइएको छ। १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइट नम्बर एफ जेट–०५८७ बाट काठमाडौं आएका चिनियाँ राहदानीबाहक ली हानसोङले सुन ल्याएका थिए ।
हानसोङले ल्याएका दुई सुटकेस शङ्कास्पद देखिएपछि जाँचका क्रममा भेप भेटिएको थियो, जसलाई भन्सार कार्यालयले नियन्त्रणमा लियो। हानसोङले पासपोर्ट फिर्ता लिएर अर्को दिन नेपाल छाडे, तर भेप लामो समय भन्सारमै रह्यो। उनी अहिलेसम्म फरार रहेका छन् । उनलाई खोज्नुको साटो महरालाई पहिला जेल पठाएर बहादुरी देखाएको छ ।
भेपभित्र लुकाएर नेपाल भित्र्याएको ९ किलो सुन तस्करीमा महराको संलग्नताबारे सीआइबीले तीन पटक अनुसन्धान गरेको थियो। पहिलो पटक बयानै लिएन। दोस्रो पटक कागज गराएर छाड्यो। तेस्रो पटक अनुसन्धान शुरु गरेको करिब एक वर्षपछि पक्राउ गरेको थियो । सिआइबीको प्रस्तावित राय अनुसार दर्ता भएको अभियोग पत्रमा उनी सुन तस्करीमा संलग्न रहेको तथ्य भन्दा पनि शंकाहरु हावी भएको थियो ।
अर्कोतर्फ एमाले अध्यक्ष केपी ओलीले समेत प्रतिशोध साँधरिहेका नेकपा एसका अध्यक्ष माधव नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता गरेर अर्को बहादुरी देखाएको छ । भ्रष्टाचार मुद्दा खेपिरहेको भन्दै मंगलबार साँझ नेपाललाई सुरक्षा दिइरहेका एघार जना सुरक्षाकर्मी फिर्ता गरेको हो । उनी अहिले राजनीतिक रुपमा कमजोर पात्र देखिएका छन् । कुनैबेला एमालेको शक्तिशाली महासचिव रहेका नेपाल पार्टी विभाजनपछि विस्तारै राजकीय सत्ताबाट प्रताडना खेप्दै आएका छन् । उनलाई केपी ओली सरकारले विभिन्न आरोप लगाएर दुःख दिएको थियो भने अहिलेको जेनजी सरकारले पनि दुःख दिने नियत राखेको देखिन्छ ।
राजनीति र सुरक्षामा मामिलामा अमेरिकाबाट निरन्तर चासो राख्ने राधाकृष्ण देउजा माधव नेपालको सन्दर्भमा यस्तो लेख्छन–

‘नबिराउनु नडराउनु भन्नेको सुरक्षा फिर्ता गरेर के बहादुरी होला खै ? नबिराउनु नडराउनु” भन्दै अगाडी बढदै आएको पात्र हुनुहुन्छ । कुनै बेला कोहि कसैलाइ मार्न , जलाउन वा भगाउन हैन बरु आफैं मर्न तयार भएर जनताको मुक्तिको खातिर लडन होमिएर , अनेकन हण्डर ठक्कर खाँदै यहाँसम्म आइपुगेको व्यक्ति पनि वहाँ । पंचायती निरंकुशता , त्यसपछि राजाको शाही शासन , उग्रपन्थी हिंसा देखि केपी ओली र उनि संरक्षित प्रेम राई आयोगले दिएको प्रताडना समेत सहँदै आएको माधव नेपालले अरु जस्तो शान सौकत देखाउन सुरक्षाकर्मी मागेको पक्कै हैन र अहिले फिर्ता लगेर उहाँलाइ केहि फरक पर्ने छैन ।
सुरक्षा चाहिने त जस्तोसुकै अवस्थामा पनि जीवन सुरक्षित रहोस भनेर होला नि तर माधव नेपाल त लोकतन्त्र विधिको शासनको निम्ती जीवन दिन तयार भएरै हिंडेको मानिस हो त्यसैले उहाँलाइ मृत्युदेखि डर अहिले पनि पक्कै छैन । त्यसमाथि प्रधानमन्त्रीले बालुवाटार बाट नभागी सुख छैन भन्नेहरुले कसलाई पो के सुरक्षा ददिने रहेछन र ? भन्ने सवाल उठेको बेला माधव नेपालको सुरक्षा फिर्ताको आत्मरतिमा रमाउँन जति रमाए पनि भयो , आफैं आफैं रमाउन त त्यसै पनि पाइने नै त भयो ।’
