काठमाडौं, कात्तिक १८
एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका पूर्व अध्यक्ष झलनाथ खनालीबीच भेटघाट भएको छ । मंगलबार साँझ गुण्डुमा उनीहरुबीच भेटघाट भएको एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

माधव नेपालसहितको संस्थापन पक्ष माओवादी केन्द्रसहितका दलहरूसँग एकीकरण गर्न तयार भइसकेको अवस्थामा घनश्याम भुसाललगायतका नेताहरू पार्टी पुनर्गठन गर्ने र रामकुमारी झाँक्रीसहितका नेता एमाले फर्किने तयारी गर्दा झलनाथ खनालले एमाले अध्यक्षसँग भेटघाट गरेका हुन् ।
यही क्रममा बिहान एमालेमा फर्किने पक्षले पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ । झाक्रीका अनुसार भोली विहान काठमाडौको बसेर होटलमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको हो ।

