काठमाडौं, कात्तिक १८
पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित झापा जाने कार्यक्रम बनेको छ । पुर्वरानी कोमल र छोरी प्रेरणा सहित झापा जान जाने भएका छन् । राजावादीको आन्दोलन विफल भएपछि भदौ ५ गते पूर्वराजा शाह झापा गएका थिए ।
त्यसपछि कात्तिक १९ गते झापा लागेका हुन् । राजसंस्था पुनःस्थापनाकालागि संयुक्त जनआन्दोलन समितिले चैत १५ बाट आयोगना गरेको आन्दोलन विफल भएपछि नयाँ योजना तय गर्न झापा गएका थिए । झापा बसाईको क्रममा उनले पुर्वाञ्चालका केही जिल्ला, मध्य तराई लगायत स्थानका आफन्तहरु भेट गर्ने कार्यक्रम रहेको छ ।
मंसिर ७ गतेबाट दुर्गा प्रसाईको देशब्यापी आन्दोलनको संघारमा पुर्वराजा ज्ञानेन्द्र परिवार सहित झापा जान लागेका हुन । उनी झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी गार्डेनमा बस्ने कार्यक्रम छ । विगत आन्दोलनको समिक्षा र अबको राजनीति लगायतका विषयमा अध्ययन गर्न पुर्वराजा ज्ञानेन्द्र र उनको परिवार झापा जान लागेको हो । निर्मल निवासले पुर्वराजाको यो भ्रमणलाई गोप्य राखेको छ ।
दुई महिनापछि फेरी झापा भ्रमण शुरु गरेपछि पुर्वराजाले कस्तो योजना बनाउछन् भन्ने कौतुहलता जागेको छ । ‘अहिले सबै कार्यक्रम गोप्य राखिएको छ ,झापा पुगेपछिमात्र थप जानकारी होला’–स्रोतको भनाई छ । यसअघि हृदयन्द्रलाई राजगद्दीमा राख्ने सपना बोकेका पुर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय जेनजी पुस्तासंग कुुराकानी गरिरहेका छन् । तिहारको टीकाको दिन बहिनी शोभा कुञ्जबाट बाहिरिएलगत्तै जेन्जी पुस्तासंग भेट गरेका थिए । सो भेटघाटले निर्मल निवास उत्साही बनेको थियो ।
फागुन २१ गने हुने निर्वाचनमा राजावादीको समर्थन कसलाई गर्ने भन्ने सम्मको निर्णय गर्न ज्ञानेन्द्र झापा जान लागेका हुन् । यदी निर्वाचन भए झापाबाट आफुले समर्थन गर्ने पार्टी वा समुहलाई साहयोग गर्ने योजना छ ।
अमेरिकामा अध्ययनरत नाति हृदयन्द्र शाह नेपाल आएर केहीदिन पोखरा, जुम्ला भ्रमण र केही सार्बजनिक कार्यक्रममा सहभागि भएको देखेर राजावादीले अब राजा ल्याउने भन्दै आन्दोलन गरेका थिए । सोही मोहमा लागेका पुर्वराजा ज्ञानेन्द्र देशको पछिल्लो अवस्था अध्ययन गर्न र चुनावी रणनीति बनाउन झापा जान लागेको बुभिएको छ ।
