काठमाडौ, कात्तिक १९ गते
प्रचण्ड, माधवसहितका नेताले नेतृत्व गरेका पार्टी बीचको एकतामा एमालेले कार्वाही गरेका डा. भीमबहादुर रावल पनि सामेल हुने भएका छन् ।
रावल, माधव र प्रचण्ड तिनै जना निकट स्रोतले दिएको जानकारी अनुसार रावलले आफ्नो बरियता बारे टुंगो लगाए नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने संकेत गरेका छन् ।
एमाले र माओवादी एकताबाट बनेको ततकालिन नेकपाको कालका सचिवालय सदस्य अहिले नेपाली कम्युनिष्ट पार्टीमा रहेकाले रावललेको बरियता छ नम्बर हुने भएको छ । सो बरियतामा रावलले चित्त बुझाउने अनुमान गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीमा एकनम्बर बरियतामा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र छैटौ नम्बरमा रावल रहने भएका छन् ।
रावललाई सो पार्टीमा सामेल हुन उनी निकटहरुले पनि दवाव दिएका छन् । राजनीति गरेको मानिस दल विहिन हुनुहुन्न भन्ने जिकिर उनी निकटहरुले गरिरहेका छन् ।
