काठमाडौँ, ९ मङ्सिर ।
नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।
पार्टी ससदीय दलको तर्फबाट विघटित ससदको ससदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले सोमबार रिट दायर गरेका हुन ।
“असंवैधानिक रुपमा बिघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग सहितको रिट निबेदन नेकपा एमाले संसदीय दल( असंवैधानिक ढङ्गबाट बिघटित प्रतिनिधिसभा ) को तर्फबाट आज सम्मानित सर्वोच्च अदालतमा पेश गरिएको जानकारी गराउन चाहान्छु ।” प्रमुख सचेतक बर्तौलाले नेपाल चर्चासग भने ।
पुनर्स्थापनाका पक्षमा एमालेका ७५ सासदले हस्ताक्षर गरेका छन ।
उता, काङ्ग्रेस ससदीय दलले पनि पुनर्स्थापनाको माग गर्दै रिट निवेदन दर्ता गर्ने तयारी गरेको छ ।
एमालेले पुनस्थापनाका पक्षमा देशभर जनपरिचालनसहित आन्दोलन चलाइरहेको छ ।