ऋषिराम कट्टेल
एमालेले माहाधिवेशन नामको कुम्भ मेला गर्न लागेको कुरा अहिले राजनीतिक चर्चाको शिखरमा छ । त्यसोत एमाले संशदीय दलहरुमा सवैभन्दा ठुलो दल पनि हो । त्यसैमा पनि सरकारवाट भर्खरैमात्र गलत्याइएको र अरु पार्टी नया सरकारको पक्षमा रहेका वेला एमाले एक्लै प्रतिपक्ष र सडकमा पनि भएकोले उसको समर्थन वा विरोधले संसदीय राजनीतिमा चर्चा हुनेनै भयो । जसरी ७४ अगाडी दहालको र माके को हुनेगर्दथ्यो ।
माहाधिवेशनले नीति र नेतृत्व निर्धारण गर्दछ नै । एमालेको पाँचौ र छैटौ माहाधिवेशनमा म स्वयं सहभागी थिए ।
पाँचौमा जवज पास गरेर पूजीवादमा आत्मसमर्पणगर्ने र नयाँजनवादलाई विस्थापित गर्ने गल्ति गरयो । छैटौमा पुगेपछि त यसलाई निरन्तरतामात्र दिएन त्यसभित्र रहेको सामन्तवाद साम्राज्यवाद विरोधी अवधारणानै खारेज गरयो । देशघाति माहाकाली सन्धि समेत पारित गर्यो । यसरी एमालेको छैटौ माहाधिवेशनले एमालेलाई विसर्जनवादी र देशघाति पार्टीमा पतन गरायो । आजसम्म तिनै प्रतिक्रियावादी मालिकको जुठोपुरोमा एमाले ठुलो पार्टीको रुपमा देशमा लुटतन्त्र चलाई रहेकोछ ।
दशौ माहाधिवेशन पछि ओली वैचारिक रुपमा विसर्जनवादको अझै इमान्दार भरिया बने । तर माहाकालीमा भएको देशहित विरोधी कुराले उनमा अलिकति चेत खुलेको जस्तो देखियो । राष्ट्यिताको मामलामा अलि अगाडी आए । नाकावन्दीको विरोधमा जुधे,चीनसंग व्यापार पारवाहन सन्धी गरे,चुच्चे नक्सा सार्वजनिक गरे, पासगर्छु भन्दाभन्दै पनि आफ्नो कार्यकालमा एमसिसि पास गराएनन र पछिल्लो समय विआरआई मा संझौता गरे । यसैकारण मालिकहरु ओलीसंग चिढिए र सरकारबाट भिंmगा टिपेर फालेझै फालि दिए ।
अव एघारौ माहाधिवेशमा एमाले छ । सत्ताको लागि फेरी देशघाति र विसर्जनवादसंग आत्मसमर्पण गर्ने की पुराना गल्तिलाई सच्याएर देश र जनताको पक्षमा उभिने ? ओली र एमालेको भविष्य यसैले निर्धाण गर्दछ ।
१) देशघाति माहाकाली सन्धीको विरोध
२) देशघाति एमसिसिको विरोध र
३) सान्तवाद साम्राज्यवादको विरोध ।
यो माहाधिवेशनवाट यि नीतिहरुपास गराए भने एमालेलाई विसर्जनवाद र देशघाति पार्टी वाट मुक्त गर्न सक्दछन र एमालेलाई पतन हुनवाट जोगाउन सक्दछन । यसर्थ यो कुम्भ मेलाको कुनै अर्थ छैन ।
लेखकः नेकपाका अध्यक्ष हुन ।
