काठमाडौं, १२ मंसिर ।
विश्वको सबभन्दा उच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुले नेकपा एमालेको ११ औं महाधिवेशनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका नेताहरु नै प्रतिनीधिमा आएका छन् । सर्वसम्मत प्रतिनिधि छनौट गरेर उदाहरणीय बनेको भएपनि एमाले अध्यक्ष ओलीलाई सहयोग पुग्नेगरी प्रतिनीधिहरु आएका हुन्। विगतमा इश्वर पोखरेलसँग निकट रहेपनि हालका दिनमा उनीहरु ओलीसँग निकट रहेका छन् । यसपटक प्रदेश सदस्य रहेका बुद्धिकुमार राजभण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । जिल्लामा लामो समय काम गरेका राजभण्डारीले त्यस्तोइच्छा प्रकट गर्दै उम्मेदवारी दिने निकट नेताहरुलाई बताएका छन् ।
निर्वाचन समितीका संयोजक वीर उदास श्रेष्ठ अनुसार जिल्लाले महाधिवेशनका लागि ६ जना प्रतिनिधिको कोटा पाएको थियो । ति सबै पदमा एक एक जनाको मात्र उम्मेद्वारी परेकोले निर्वाचित घोषणा गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार छनौट भएका सर्वसम्मत भएका प्रतिनिधिहरुमा खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफ कुमार बास्तोला छन्। उत्पिडित तर्फ डि(बि रनपाल निर्वाचित सर्वसम्मत भएका छन् । महिलातर्फका दुईजनामा कल्पना राई र मोहन कुमारी कार्की सर्वसम्मत भएका थिए । ४० वर्ष भन्दा मुनीको युवातर्फ जगनाथ बास्तोला निर्वाचित भएका थिए । बास्तोलाले १३ मत ल्याउदा इश्वर पोखरेलसँग निकट रहेका भक्त राईले १० मत ल्याएका थिए । अर्का प्रतिस्पर्धी युवा नेता कामी निमा शेर्पाले ११ मत ल्याएका थिए ।
प्रतिनिधि निर्वाचित भएपछि जिल्ला अध्यक्ष समेत रहेका डुफ कुमार बास्तोलाले भने ‘हामीले देशैभरी प्रतिनिधि यसरी नै सर्वसम्मत छनौट होस भन्ने सन्देश दिन चाहेका हौं । हाम्रामा पनि धेरैजना कमरेडहरुले चाहना राख्नु भएको थियो । तर सबैलाई सहमतीमा ल्याएर हामीलाई समर्थन गर्ने वातावरण बनायौं ।’ उनका अनुसार तीन दिनको प्रयासपछि सर्वसम्मतीको वातावरण बनेको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सोलुमा ओली पक्षका प्रतिनीधिहरु चयन, राजभण्डारीको केन्द्रीय सदस्य हुने इच्छा
Previous Articleएमाले माहाधिवेशनः कुम्भ मेला
