काठमाडौं, २ मंसिर ।
नेकपा (एमाले)की सचिव पद्मा अर्यालले एमाले राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छिन् ।
राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै अर्यालले आउने स्थानीय तहको निर्वाचनलाई राजनीतिक परीक्षा हुने बताइन् ।
‘आउने स्थानीय तहको निर्वाचनको परीक्षा हामीले जित्नै पर्छ’, अर्यालले भनिन्- ‘गत निर्वाचनको क्षतीपूर्ती हामीले हामी आउने निर्वाचनबाट लिनु पर्दछ । हामी जनतासँग बसेर उनीहरुका गुनासा सुन्ने र समाधानका लागि पहल गर्नुपर्छ।’
एमालेका कार्यकर्ताले आलोचना र प्रश्न मात्र गर्ने होइन उत्तर दिन पनि तयार हुनुपर्नेमा उनले जोड् दिइन् । ‘हामी माथी जनताले प्रश्न गरेका छन् । त्यस्ता प्रश्नको जवाफ कार्यकर्ताले पनि दिनु पर्दछ । सबै कुरा नेतृत्वतिर फर्काएर हुँदैन । पार्टी बलियो बनाउन निष्क्रिय बसेका कार्यकर्तालाई सक्रिय बनाउनु पर्छ’, उनले भनिन्


