काठमाडौं, २३ मंसिर । नेकपा एमालेका युवा नेता राजीव पहारीले सचिवमा उम्मेदवारी दिनेबारे छलफल गरिरहेका छन् । कास्कीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सचिवमा उम्मेदवारी दिने तयारी गरेका बेला पहारीले पनि सचिवका लागि छलफल थालेका हुन् । राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष पूर्व इन्चार्ज रही सकेका पहरी प्रदेश सांसद पनि हुन । पार्टी अध्यक्ष केपी ओली समूहमा रहेका युवा नेता पहरीले सचिव नपाए स्थायी कमिटी वा पोलिटव्यूरोमा चित्त बुझाउने भएका छन् ।
पोखरेली जनतामाझ लोकप्रिय रहेका पहरीलाई यसपटक गण्डकीमात्र होइन देशभरका युवाहरुको साथ रहने बताइएको छ । एमालेको ११ औं महाधिवेशन मंसिर २७देखि २९ मा सम्पन्न हुने भएको छ । यसको तयारी भव्य रुपमा भैरहेका बेला युवा नेताहरुले आफ्नो भूमिका खोजिरहेका छन् । युवा नेताहरु द्वारिका न्यौपाने, राधिका खतिवडा, तपेन्द्र शाहीले यसपटक केन्द्रीय कमिटीमा डेब्यूको तयारी गरिरहेका छन् । विद्यार्थी राजनीतिबाट आएका युवा नेताहरुले यसपटकको महाधिवेशनमा पाका नेताहरुलाई चुनौति दिने देखिएको छ ।
