काठमाडौ ,मङ्सिर २५।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना बाहेक अन्य कुनै विकल्प स्वीकार्य नहुने बताएका छन्। बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले “जुनसुकै बाटो अपनाएर भए पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनैपर्छ” भन्ने स्पष्ट धारणा राखे।
उनका अनुसार अनधिकृत रूपमा गठन भएको वर्तमान सरकारले जननिर्वाचित संस्थामाथि धारासभा विघटनको अधिकार प्रयोग गर्न सक्दैन। उनले संविधान र लोकतन्त्रको रक्षा गर्न प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य भएको जिकिर गरे।
बुधबार सरकार र जेनजी समूहबीच भएको १० बुँदे सहमति स्वीकार्य नहुने बताउँदै ओलीले सुशीला कार्की नेतृत्वको सरकारले “कसैले नसुनेको सरकार” भन्दै आलोचना गरे। लोकतान्त्रिक व्यवस्था र प्रणालीमाथि सम्झौता गर्न नसक्ने उनले दोहो¥याए।
