काठमाडौ, २७ मङ्सिर ।
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको बिषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलले गम्भीर असमति रहेको बताएका छन् । हिजोको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरु कमरेड अध्यक्ष र कमरेड वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने सहमति भएको थियो ।
सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने कुराकानी भएको थियो । तर उक्त सहमति विपरित एकलौटी ढंगले सूची प्रकाशित गरिएको कमरेड ईश्वर पोखरेलले जानकारी दिए ।
आज प्रकाशित हिजो अध्यक्षले प्रस्तुत गरेकाे नामकाे सूची हो । अध्यक्षको दाबेदार ईश्वर पोखरेलले हिजो आफ्नो समूहको तर्फबाट अलग सूची प्रस्तुत गरेका थिए। ती दुबै नामहरुविचमा सहमति खोज्ने निर्णय भएको थियाे । तर आज प्रकाशित सूची हिजो अध्यक्षले टेबल गरेकाे सूची मात्रै रहेकाले विवाद भएकाे हाे ।
