काठमाडौं, ३ मंसिर ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विश्व राजनीतिबारे नेपालको धारणा प्रभावकारी रूपमा प्रश्तुत गरेको बताएका छन् ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीवार स्वदेश फर्किने क्रममा उनले दाहालले सम्मेलनमा ७६ देशका राजनीतिक दलका अध्यक्ष, नेता, पूर्वमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूको सहभागिता रहेको उल्लेख गर्दै आफूले दुई पटक सम्बोधन गरेको जानकारी दिए ।
पहिलो सम्बोधनमा नेपालको राजनीतिक अवस्थाबारे र दोस्रो सम्बोधनमा विश्व परिस्थिति तथा अन्तर्राष्ट्रिय राजनीतिबारे पार्टी र नेपालको धारणा प्रस्तुत गरेको उनले बताए




