काठमाडौ ,२८ मङ्सिर ।
एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनै लाग्दा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिहरूलाई ‘समृद्धिको अवधारणा’ नामक पुस्तक वितरण गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रको चहलपहल सुरु हुनै लाग्दा उनको सचिवालयका तर्फबाट एमाले नेता, कार्यकर्ता एवं महाधिवेशन प्रतिनिधिहरूलाई उक्त पुस्तक वितरण गरिएको छ ।
फाइलभित्र पुस्तक र जाडोमा लगाउने मफलर सँगै राखेर वितरण गरिएको छ । पुस्तकमा डिजिटल पुँजीवाद र इन्टरनेट डाटाले राजनीतिक शक्तिलाई कसरी प्रभावित पार्दछ र नेपालमा अबको समृद्धिको बाटो के हो ? जस्ता विषयलाई समेटिएको छ ।
पाण्डे त्रिभुवन विश्वविद्यालयबाट एमफिलमा त्रिवि प्रथम भएका विद्यार्थी पनि हुन् । उनले अहिले डाटा पुँजीवादसँग सम्बन्धित रहेर त्रिविबाट पिएचडी गर्दै छन् ।
