काठमाडौं, १ पुस । नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि युवा पुस्तालाई स्थान दिन र उनीहरुको एजेण्डा सुन्न व्यापक दबाब परिरहेका बेला नवपुस्ताका प्रतिभाशाली युवा सुहाङ नेम्वाङ अध्यक्षका उम्मेदवार केपी ओलीको सूचीमा अटाएनन । तर पनि उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । संविधान सभामा अध्यक्ष सुवास नेम्वाङका कान्छा पुत्र सुहाङ पिता जस्तै मृदुभाषी, कुटनीतिक,अनुशासित र तार्किक सुनिन्छन । सुवासको निधनपछि इलाम २ बाट अत्याधिक मतसहित निर्वाचित भएका थिए । पार्टीभित्र सर्वाधिक रुचाइएको सूचीभित्र पर्ने सुहाङसँग सेल्फी खिचाउदै धेरै प्रतिनीधिहरुले सोधे ‘बा’को सूचीमा किन पर्नु भएन ? उनले जवाफ फर्कादै भनेका छन् म एमालेको सूचीमा छु तपाईहरुको साथ र सहयोग रहोस ।
स्रोतका अनुसार उनलाई ओलीले नै नरुचाइको भने होइन । पार्टी केन्द्रीय सदस्य हुन १० वर्ष सदस्यता प्राप्त गरेको मापदण्ड तय गरिएकाले उनलाई सूचीमा राख्दा ओलीले नै पार्टी विधान र निर्णय उल्लंघन गरेको अर्थ लाग्ने भएकाले नराखिएको हो । अध्यक्षमा ओली र इश्वर पोखरेलको प्रतिस्पर्धा चलिरहेका बेला सुहाङ कतैपनि खुलेका छैनन । उनले आफूलाई मात्र मत राखिरहेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
