काठमाडौं ८ पुस ।
परराष्ट्र मन्त्रालयमा थपिएका दरवन्दीले त्यही तर मारिएका कर्मचारीहरुलाई फाइदा पुगेको छ । अनावश्यक र अत्यधिक दरबन्दी थप्दा परराष्ट्र सेवा बेथितिको भुमरीमा फसेको मात्र छैन, कर्मचारीहरुको अनावश्यक बोझले थिचिएको पनि छ । आरजु देउवा परराष्ट्रमन्त्री हुँदा थपिएका दरवन्दीले परराष्ट्र सेवामा खरिदारबाट सेवा प्रवेश गरेकाहरू लोकतान्त्रिक बढुवाबाटै बढुवा उपसचिव भैसकेका छन् ।
नायब सुब्बाबाट सेवा प्रवेश गरेर बढुवाद्वारा नै परराष्ट्रको सहसचिव बनेका थिए । अवकाशको मुख पुग्दा उनीहरु सहसचिव हुने निश्चित रहेको छ ।
अन्य सेवाभन्दा विभिन्न र आफूहरूलाई विशिष्ट देखाउने परराष्ट्र सेवामा खरिदारबाट छिरेकाहरू बढुवाबाटै उपसचिव बनेको पाइएको छ । यसले परराष्ट्र सेवाको महत्व, प्रभावकारिता र औचित्यमाथि नै प्रश्न खडा गरेको हो । सामान्य प्रशासन समूहतिर शाखा अधिकृत भएको १४ वर्षपछि मात्र उपसचिव हुँदा विशिष्ट ठानिने परराष्ट्र सेवामा ९ वर्षमै शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनुमा थपिएको दरवन्दीले काम गरेको छ ।
खरिदारबाट परराष्ट्र सेवामा प्रवेश गरेर उपसचिवमा बढुवा हुनेमा जीतबहादुर कार्की र खिमानन्द भुसाल रहेका छन्। कार्की र भुसालै यसैपटक कार्यक्षमताका आधारमा परराष्ट्र सेवाको उपसचिवमा बढुवा भएका हुन ्। त्यस्तै सुब्बामा नाम निकालेर शाखा अधिकृत हुँदै उपसचिवमा गरी दुई तह बढुवा हुनेमा चक्रबहादुर सुवेदी, बाबुराम सिग्द्याल, ओमकुमार भण्डारी, निर्मलप्रसाद भट्टराईलगायत रहेका छन् । परराष्ट्रमा नासुबाट सेवा प्रवेश गरेर लोकतान्त्रिक बढुवाबाटै सहसचिव हुनेमा पारस पण्डित र प्रकाश अधिकारी पर्छन् । उनीहरू नासुको परीक्षा पास गरेर बढुवाबाटै राजदूत हुने योग्यता पुरÞ्याउन सफल भएका छन्। खरिदारबाट छिरेका कार्की, भुसाल तथा नासुबाट छिरेका सुवेदी , सिग्द्याल, भण्डारी, भट्टराईहरू पनि पण्डित र अधिकारी कै लाइनमा देखिन्छन् ।
२०४५ साल असोजमा तत्कालीन नेपाल प्रशासन सेवा कुटनैतिक समूहको खरिदारबाट छिरेका जीतबहादुर कार्की २०६३ कार्तिकमा कुटनैतिक सेवा कै नायब सुब्बामा बढुवा भए । २०६४ मंसिरमा परराष्ट्र सेवामा सेवा परिवर्तन भएपछि उनी २०७३ बैशाखमा परराष्ट्र सेवाको शाखा अधिकृतमा बढुवा भए । कार्की हालै परराष्ट्र सेवाको उपसचिवमा बढुवा भएका हुन भएर अवकाशमा जाँदैछन् ।
खिमानन्द भुसाल पनि कार्की जस्तै खरिदारबाट सेवा प्रवेश गरेर बुढवाबाट नै परराष्ट्र सेवाको उपसचिव बन्न सफल भएका थिए उनी पनि अवाशमा गइसकेका छन् । २०५५ साल चैतमा नेपाल प्रशासन सेवा कुटनैतिक समूहको नायब सुब्बा (नासु)बाट सेवा प्रवेश गरेका चक्रबहादुर सुवेदी २०६८ असारमा विशेष बढुवा मार्फत शाखा अधिकृत भएका हुन्। २०२५ पुस २५ गते झापाको खुदुनावारीमा जन्मिएका सुवेदी २०८० असारमा बढुवा भएरै परराष्ट्रको उपसचिव बने। व्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह अध्ययन गरेका सुवेदीको अब डेढ वर्ष मात्र जागिर बाँकी छ ।
नासुमा प्रवेश गर्नेबित्तिकै जर्मनी र मलेसिया बसेका सुवेदी विशेष बढुवा मार्फत शाखा अधिकृत भएपछि मलेसिया नै गए। उपसचिवमा बढुवा भएपछि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग हुँदै संयुक्त राज्य अमेरिकास्थित न्युयोर्कको महावाणिज्यदूत बन्न सफल भए। उनका भाइ कृष्णकुमार सुवेदी पनि खरिदारबाट २०५९ सालमा कुटनैतिक समूहमा सेवा प्रवेश गरेर २०६५ सालमा नासुमा बढुवा भएका थिए। कृष्ण पनि परराष्ट्र सेवाको शाखा अधिकृतबाट बढुवा भएर उपसचिव बनेका छन्। उनी शाखा अधिकृत भने २०६९ साल साउनमा अपांग कोटाबाट बन्न सफल भएका थिए । सुवेदीद्वय दूर्गाबहादुर सुवेदीका सहोदर भाई हुन ।
२०५९ साल साउन गा.वि.स. सचिवबाट सरकारी सेवा प्रवेश गरेका बाबुराम सिग्द्याल त्यसको ७ वर्षपछि २०६६ मंसिरमा परराष्ट्र सेवाको नासु भए। २०७२ असारमा बढुवा भएर परराष्ट्र सेवाको शाखा अधिकृत बनेका सिग्द्याल अहिले बढुवा मार्फत नै परराष्ट्रको उपसचिव भएका हुन्। २०२८ साउन २० गते उदयपुरमा जन्मिएका सिग्द्यालले स्नातक तहसम्मको अध्ययन गरेका छन्।
ढ अझै ४ वर्ष ६० वर्षे लागू हुँदा ६ वर्ष जागिर अवधि रहेका सिग्द्याललाई परराष्ट्रमा आएको बाढीले राजदूत हुने योग्यता पुर्याउदैछ ।
२०३४ साल असोजमा सिन्धुलीको आमबोटेमा जन्मिएका ओमकुमार भण्डारी नासुबाट परराष्ट्रमा छिरेका हुन्। २०५९ साल मंसिरमा हुलाकको खरिदारबाट सरकारी सेवा प्रवेश गरेका भण्डारी हुलाकको नासु हुँदै २०६७ पुसमा परराष्ट्र सेवाको नासु बन्न सफल भएका थिए। २०७२ असारमा बढुवा भएर परराष्ट्रको शाखा अधिकृत भएका भण्डारी अहिले पनि बढुवा मार्फत नै उपसचिव बनेका छन् ।
