काठमाडौँ,७ पुस।
जेन-जी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक देशका तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल गरेका छन्। मंगलबार राष्ट्रपति निवासमा भएको संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए।
राष्ट्रपति पौडेलको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीको पनि सहभागिता रहेको छ। समसामयिक राजनीतिक अवस्था, आन्दोलनपछिको परिस्थिति र राष्ट्रिय सहकार्यका विषयमा केन्द्रित रही छलफल भएको बताइएको छ।
