काठमाडौैं, ८ पुस ।
जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित ३ जनाको स्थानहद फुकुवा गरेपनि पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखेकको भने कायमै छ।
आयोगले गत भदौ २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित पूर्वआईजीपी चन्द्र कुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि समेत स्थानहद लगाएकोमा मंगलबार फुकुवा गर्ने निर्णय गरेको हो। उनीहरूमाथि आयोगले विदेश भ्रमण र काठमाडौंउपत्यका छोड्न रोक लगाएको थियो।
तर, मंगलबार आयोगले गृह मन्त्रालयलाई पठाएको पत्रमा ‘पूर्वनिर्णय उपरको कार्य सम्पन्न भइसकेकाले निजको विदेश भ्रमण र उपत्यका छोड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय भएको भनिएको छ।’ आयोगले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक लगायतमाथि भने स्थान हद कायमै राखेको छ।
