काठमाडौं, ९ पुस ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिन आएर काठमाडौंमै बसिरहेका नेता कार्यकर्तालाई आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन दिएका छन् ।
मगलबार प्रदेश कमिटीका र जिल्लाको सचिवालयका सदस्यहरुलाई महाधिवेशनका सन्देशका सन्दर्भमा भर्चुअल सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन । ‘महाधिवेशनका लागि काठमाडौं आएर अझै यतै बसिरहनु भएका कमरेडहरु आफ्नो कार्यक्षेत्र फर्किनुहोस’ महासचिव पोखरेलले भने ‘महाधिवेशनको सन्देश,नेतृत्व छान्न गरेको उन्नत लोकतान्त्रिक अभ्यासका बारेमा कार्यकर्तालाई बताउनुहोस ।’
मंसिर २७ गतेबाट सुरु भएको ११ औं भएको महाधिवेशन पुष ३ गते सकिएको थियो ।
महाधिवेशनाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई पनि उनले कार्यक्षेत्रमा नै गएर काम गर्न निर्देशन दिएका थिए । महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजनको जिम्मा सचिवालयलाई दिएकोले विगतका कामको मूल्यांकनका आधारमा जिम्मेवारी दिइने भएकोले काठमाडौंमा यस्ता विषयमा नअलमलिन पनि उनले आग्रह गरेका छन् । पार्टीले जिल्ला जिल्लामा खबरदारी सभाहरु आयोजना गरिरहेकोले त्यसको तयारी र जनता जुटाउने कार्यमा लाग्न पनि उनले मातहतका कमिटीलाई आग्रह गरेका छन् । । ‘हामीले विभिन्न जिल्लामा खबरदारी सभा आयोजना गर्दैछौं । अहिले त्यसको नेतत्व जिल्लामा रहनु भएका सिनियर केन्द्रीय सदस्यले गर्नुहुनेछ’ पोखरेलले भने ‘प्रदेश र जिल्ला कमिटी कार्यकारी हुन् । उनीहरुले कार्यक्रम आयोजना गर्दछन् । त्यसैले कार्यविभावन भएको छैन भनेर नअलमलिन केन्द्रीय सदस्यहरुलाई पनि आग्रह गर्दछु । ’
महासचिव पोखरेलले दोस्रो विधान महाधिवेशनका दस्तावेज र ११ औं राष्ट्रिय महाधिवेशनका सन्देश लिएर जनतामा जानुपर्ने बताए । नयाँ सन्देश सहित जनतामा जाँदा एकैचोटी दुईवटा तयारी हुने पोखरेलले बताए । ‘महाधिवेशनबाट उठेको मनोबल लिएर जनतामा गएपछि केही ने केही नयाँ सन्देश दिन सकिन्छ’ महासचिव पोखरेलले भने ‘यसले आन्दोलन गर्नुपरे पनि आधार तय गर्दछ । चुनावमा जानु परे पनि आधार तय गर्दछ ।’
महासचिव पोखरेलले कतिपय जिल्लाका अध्यक्षहरु केन्द्रीय नेतृत्वमा प्रतिष्पर्धा गरेका कारण उनीहरुको पद स्वत रिक्त भएकोले त्यस्ता जिल्लाहरुले पनि पार्टी कामलाई असर नपर्ने गरी काम गर्न निर्देशन दिदै भने ‘सकेसम्म कार्यकारी कमिटीका नेताहरु उम्मेद्वार नबनुन भन्ने चाहना रहेको थियो’ उहाँले भन्नुभयो ‘तर केही जिल्ला अध्यक्षहरु उम्मेद्वार हुनुभयो । जसले गर्दा जिल्ला अध्यक्ष विधान बमोजिम रिक्त भयो । त्यस्ता ठाउँमा पनि पार्टी कामलाई असर नपर्ने व्यवस्था गर्नुहोस ।’

Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

नेता कार्यकर्तालाई तत्काल कार्यक्षेत्र फर्कन एमाले महासचिवको निर्देशन
Previous Articleकमल थापा घर फर्किए, लिङ्देनले गरे स्वागत
Next Article आफ्नै सहपाठीलाई कानुन विपरित सदस्यसचिवमा नियुक्ति
