काठमाडौं, ९ पुस । भावी आइजीपीको रुपमा प्रस्तुत गर्दै आएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपति बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सुरेशकुमार श्रेष्ठले सहकर्मीहरुलाई अश्लिल गाली गलौच गरेको आरोप लागेको छ । उनीविरुद्ध गाली गलौच गरेको र सहकर्मीहरुलाई दूव्र्यवहार गरेको आरोपमा सशस्त्र प्रहरी मूख्यालयमा उजुरी परेपछि सो आरोप लागेको चर्चा मूख्यालयमा भएको हो ।
श्रेष्ठविरुद्ध परेको उजुरी र गुनासोलाई लिएर कानुन निर्देशनालय प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) युवराज अर्यालले बाहिनीमा कार्यरत अधिकृतहरूलाई ६ बुँदे प्रश्न मार्फत् पछिसम्म फरक नपर्नेगरी सत्य तथ्यसहितको विवरण पेस गर्न पत्रचार गरेका छन् ।
मंसिर ११ गते साँझ करिब साढे ५ बजे सशस्त्र प्रहरी अधिकृतहरूलाई सामेल गरी उनीहरूलाई विभिन्न प्रकारका अपशब्द, अश्लील गालीगलौज एवं दुव्र्यवहार गरेका उजुरी उनीमाथि परेको स्रोतले जनाएको छ । यो विषयलाई लिएर सशस्त्र प्रहरी मूख्यालयले छानवीन गरिरहेको छ । श्रेष्ठले संयुक्त राष्ट्रसंघको पी–४ तहमा छनोट भएका छन् । राष्ट्रसंघको दक्षिण सुडानमा सञ्चालित शान्ति मिसनको प्रोटेक्सन अफ सिभिलियन साइट कोअर्डिनेटर (पी –४ तह)मा सहभागी भएर आएको मलाई कसैले पनि छुन सक्दैन भन्दै अधिकृतहरुलाई मदिरा सेवन गरेर गाली गलौच गरेका थिए ।
(तस्वीर पी –४ तहमा कार्यरत रहेको बेलाको हो)
