काठमाडौं, १४ पुस ।
एमालेको एघारौ राष्ट्रिय महाधिवेशनमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा जमेर उठ्यो भने त्यसको पक्षमा नेतृत्वगर्ने अध्यक्षका उम्मेद्वार ईश्वर पोखरेल पक्षले मतका हिसाबले औसतमा झण्डै एक तिहाई प्रभाव देखायो । केपी ओलीले दुई तिहाईभन्दा बढि मत अर्थात ७५ प्रतिशत जति मतपाएर अध्यक्षमा निर्वाचित भए । तर,यही महाधिवेशनमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलका दाहिने हात अर्थात मुख्य विश्वासपात्र विष्णु रिमालले भने अनपेक्षित पराजय ब्यहोरे ।
डेढ साताअघि सम्पन्नएमालेको ११ औं राष्ट्रिय महाधिवेशनको जित–हारको लेखाजोखा केन्द्रीत गर्माउँदो परिचर्चा पुसको मध्य चिसोमापनि अझै सेलाएको छैन ।
काठमाडौंमा सम्पन्न महाधिवेशनका हिसाबले एमालेले पूर्व घोषणा अनुसार अहिलेसम्मकै ठूलो जनसभा आयोजना गरेको थियो ।व्यापक जनपरिचालनका हिसाबले मात्र होइन, डिजिटल मैत्री महाधिवेशन र अझ १९ पदाधिकारीसहित केन्द्रीय कमिटीका ९७ प्रतिशतभन्दा बढि पद प्रत्यक्ष निर्वाचनबाटै निर्वाचित भएकाले पनि पुसको मध्यचिसोमा पनि महाधिवेशनको परिचर्चा अझै सेलाएकोे छैन ।
एमालेको एघारौ राष्ट्रिय महाधिवेशनमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा जमेर उठ्यो भने त्यसको पक्षमा नेतृत्वगर्ने अध्यक्षका उम्मेद्वार ईश्वर पोखरेल पक्षले मतका हिसाबले औसतमा झण्डै एक तिहाई प्रभाव देखायो । केपी ओलीले दुई तिहाईभन्दा बढि मत अर्थात ७५ प्रतिशत जति मतपाएर अध्यक्षमा निर्वाचित भए । तर,यही महाधिवेशनमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलका दाहिने हात अर्थात मुख्य विश्वासपात्र विष्णु रिमालले भने अनपेक्षित पराजय ब्यहोरे ।
ओलीलाई जिताउने भूमिकामा मात्र होइन, महासचिव शंकर पोखरेलसहित १९ पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम सेट गर्ने एक योजनाकार, मजदुर पृष्ठभूमिबाट उदाएका नेता भएपनि इन्जिनियरसमेत रहेका महाधिवेशन व्यबस्थापनका प्रमुख आर्टिटेक्ट, अघिल्लो कार्यकालका उपमहासचिव, पार्टी कोष सम्हालेका आर्थिक विभाग प्रमुख तथा तत्कालीन प्रधानमन्त्री ओलीका लगातार चार पटकका प्रमुख सल्लाहकार रिमाल धेरै हिसाबले चर्चाको केन्द्रमा थिए। उनै रिमालको अनपेक्षित पराजयपछि एमाले वृत्तमा अहिले उनको नाम थप चर्चाको केन्द्रमा छ ।
ओली र पोखरेलले ठूलो झट्कामहशुस गरेका छन् । पोखरेलले त रिमालको हारबारे अलग्गै स्टाटस नै लेखे र त्यस्ता राम्राव्यक्ति हराउने एमाले पंक्तिलाई सच्याउन ठूलो वैचारिक र राजनीतिक प्रशिक्षण नै चलाउनुपर्ने आवश्यकता देखिन्छ भनिसकेका छन् ।
ओली इतर पक्षले त उनलाई रुचाउने कुरै थिएन तर आफ्नै टिमभित्र झण्डै दश वर्षदेखि हालिमूहालीगर्दै आएका रिमाल आफ्नै टिमभित्रबाट अन्तरघातको शिकार बनेको बताइन थालिएको छ । उनको पराजयपछि ओली र पोखरेलले ठूलो झट्कामहशुस गरेका छन् । पोखरेलले त रिमालको हारबारे अलग्गै स्टाटस नै लेखे र त्यस्ता राम्राव्यक्ति हराउने एमाले पंक्तिलाई सच्याउन ठूलो वैचारिक र राजनीतिक प्रशिक्षण नै चलाउनुपर्ने आवश्यकता देखिन्छ भनिसकेका छन् ।
‘महाधिवेशन सफलपार्न महत्वपूर्ण भूमिका खेल्नुभएका कमरेड विष्णु रिमालको निर्वाचनमा पराजय दुःखदपक्ष रह्यो । यस घटनाले पार्टी पंक्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको संकेत गरेको छ । जसलाई सच्याउन वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक देखिन्छ ।’ पोखरेलले झट्का महशुस गर्दै यसरी लेखेको स्टाटसले पनि उनले यस कार्यकालमा कति रिक्तता महशुस गर्लान् भन्ने सहजै अनुमानगर्न सकिन्छ । जबकी पार्टीभित्र कुशल वैचारिक नेता, तत्कालीन स्कुलविभागका उपमहासचिव, पार्टी इतरले समेत रुचाउने नेता प्रदिप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गरेर केन्द्रीय कमिटी सदस्यका रुपमा घटुवा भएर मात्र बस्दा पनि पोखरेल त्यसबारे अझै मौन बस्न रुचाएका छन् ।
उनै रिमालको पराजयका कारण पहिल्याएर महासचिव पोखरेल बदलाको भावनाबाट उद्देलित हुनसक्ने सम्भावना रहेको बताइएको छ । त्यसक्रममा रिमाललाई हराउन ओलीको कोर टिममा जोखिम मोलेर कामगरिरहेका खासगरी महेश बस्नेतले नै ठूलै असहयोग गरेको पोखरेलले निकटस्थहरुलाई बताइसकेका छन् । रिमालले पनि बस्नेतबाटै मुख्य असहयोग भएको निष्कर्ष निकालेका छन् ।
तत्कालीन प्रधानमन्त्रीको प्रमुख सल्लाहाकारका रुपमा ओलीलाई डाइरेक्ट बालुवाटारमा सम्पर्क गर्नबाट टुटाउन खोजेको बदला बस्नेतले रिमालसँग यही महाधिवेशनबाट लिएको चर्चा पनि व्यापक चलिरहेको छ । गुण्डुतिर मात्रहोइन, एमाले कार्यालय च्यासलदेखि महत्वपूर्ण पंक्तिमा भइरहेको यो परिचर्चाले निक्कै खैलाबैला मच्चिएको छ ।
तत्कालीन प्रधानमन्त्रीको प्रमुख सल्लाहाकारका रुपमा ओलीलाई डाइरेक्ट बालुवाटारमा सम्पर्क गर्नबाट टुटाउन खोजेको बदला बस्नेतले रिमालसँग यही महाधिवेशनबाट लिएको चर्चा पनि व्यापक चलिरहेको छ । गुण्डुतिर मात्रहोइन, एमाले कार्यालय च्यासलदेखि महत्वपूर्ण पंक्तिमा भइरहेको यो परिचर्चाले निक्कै खैलाबैला मच्चिएको छ । त्यसो त, रिमालले नै बस्नेतले योगेश भट्टराईलाई जिताउन सहयोग पु¥याएर आफूलाई हराएको महासचिव पोखरेलसहित कोर टिमसँग निक्कै भावुक बनेर बह पोखिसकेका छन् । बस्नेतले भट्टराईसँग कति पटक भेटे र यताको टिमको सूचना उता पु¥याए भन्ने विवरण आफूसँग रहेको उनले महासचिव पोखरेल र अरु निकट नेतालाई धेरै पटक सुनाइसकेका छन् ।
यद्यपि, रिमालले महाधिवेशनको निर्णय स्वीकार्य भन्दै पाँचवर्ष सम्म केन्द्रीय कमिटीमा पनि नजाने र राजकीय मामिलाको भूमिकामा पनि रुचि नराख्ने थुप्रै नेताहरु सामुन्य घोषणा गरिसकेका छन् । तथापि, उनको अभाव पोखरेलले कति महशुस गरे भन्ने दृष्यभने पछिल्लो पटक कार्की ब्याङक्वेटमा बसेको केन्द्रीय कमिटी बैठकमै देखिएको एमाले नेताहरु बताउँछन् ।त्यही बैठकमा पोखरेलले निर्वाचित उपमहासचिव र सचिवहरुलाई होइन, रिमाललाई नै माईन्युटसम्बन्धि केहीकाम नै दिएका थिए ज।सले गर्दा त्यहाँ हलमा थुप्रै नेता मुखामुख नै गर्न बाध्य बनेका थिए ।
एघारौं महाधिवेशनबाट ३ उपमहासचिव निर्वाचित भएका थिए । जसअनुसार तत्कालीन सचिव लेखराज भट्टले सबैभन्दा बढि १४ सय ५२ पाएका थिए भने क्रमश : रघुवीर महासेठले १३ सय ६८ र योगेश भट्टराईले १३ सय ४८ मतपाएर विजयी भएका थिए । ओलीको टिम निर्माता विष्णु रिमालभने १ हजार ९१ मतमै सिमित बने । यद्यपि, उनको हारमा उपमहासचिव प्रदिप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दा पनि ठूलै प्रभाव परेको मूल्यांकनपनि गरिएको छ ।
त्यसो त, उनै रिमाललाई अबको केन्द्रीय कमिटीबाट सल्लाहकार परिषद् गठन गरेर नेतृत्वदायी भूमिका दिने कि भन्नेबारे पनि केही नेताहरुबीच एकसरो सल्लाह समेत चलेको बताइन्छ । यद्यपि, त्यो स्थानमा अनुशासन आयोगको अध्यक्ष बन्न अस्वीकार गरेकाका काशीनाथ अधिकारीलाई ल्याउने किभन्ने विषयमा पनि नेताहरुबीच कुरा चलिरहेको स्रोतले जनाएको छ ।
एघारौं महाधिवेशनबाट ३ उपमहासचिव निर्वाचित भएका थिए । जसअनुसार तत्कालीन सचिव लेखराज भट्टले सबैभन्दा बढि १४ सय ५२ पाएका थिए भने क्रमश : रघुवीर महासेठले १३ सय ६८ र योगेश भट्टराईले १३ सय ४८ मतपाएर विजयी भएका थिए । ओलीको टिम निर्माता विष्णु रिमालभने १ हजार ९१ मतमै सिमित बने । यद्यपि, उनको हारमा उपमहासचिव प्रदिप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दा पनि ठूलै प्रभाव परेको मूल्यांकनपनि गरिएको छ ।
सचिवमा सबैभन्दा पुच्छरको अलोकप्रिय मतल्याएर भानुभक्त ढकाल बल्लतल्ल जिते ।जुनियर मतसहित विजयीबनेका ढकालले आफूलाई एक नम्बरकै सचिवका रुपमा उभ्याउनेगरी ताउ माउर देखाउन खोज्दा अन्य ८ सचिव सुरुमै चिढिने स्थिति बनेको छ ।
रिमालले पनि ज्ञवालीलाई महासचिव बन्न नदिन हातधोएर लागेको र अध्यक्ष ओलीलाई कवीबाट पार्टी नचल्ने, एउटा किताव विमोचनहुने भयो भने पार्टी काम छोडेर उपत्यका बाहिरै दुई÷तीन दिन गायबहुने भन्दै उचालेको आरोप लागेको छ । ज्ञवाली निकट कतिपय महाधिवेशन प्रतिनिधिले भोटै नहालेकाले पनि बस्नेतसँगै ज्ञवालीले पनि रिमालमाथिअन्र्तघात गरेको आरोप लागेको छ । रिमाललाई हराउन भूमिका खेलेको भनिएका बस्नेतले ९ सचिवमा सबैभन्दा लाेकप्रिय मत पाएका थिए । उनले १५ सय ४४ सर्वाधिक लोकप्रिय मत पाएकाथिए ।
सचिवमा सबैभन्दा पुच्छरको अलोकप्रिय मतल्याएर भानुभक्त ढकाल बल्लतल्ल जिते ।जुनियर मतसहित विजयीबनेका ढकालले आफूलाई एक नम्बरकै सचिवका रुपमा उभ्याउनेगरी ताउ माउर देखाउन खोज्दा अन्य ८ सचिव सुरुमै चिढिने स्थिति बनेको छ ।
बस्नेतको लोकप्रिय जितलाई भने जेनजी आन्दोलनपछिको संकटमा पार्टीलाई पुर्नजागृत गर्ने एक निर्भिक कमाण्डरको भूमिकासँग जोडेर पार्टीपंक्तिले उनलाई सर्वाधिक रुचाइएको अर्थमा जताततै विश्लेषण भइरहेको छ । सचिव बनेपछि उनले आफ्नो प्रभावशाली उपस्थितिबिस्तार गर्दै सरकार र विपक्षीसहितको बालुवाटारका वार्ताहरुमा मात्र होइन, पार्टीकायुवा–विद्यार्थीका कार्यक्रमदेखि संगठन बिस्तार अनि नेतृत्वको सुरक्षा र विपक्षीको भ्रमको प्रतिरोधमा प्रभावशाली कमाण्डरका रुपमा उपस्थिति जनाएका छन् ।अहिलेकै गतिमा अगाडि बढ्दा बस्नेत झन् प्रभावशाली हुनसक्ने भन्दै रिमाल सहितले जिम्मेवारीमै करौंती लगाउने तयारी गरेको बुझिएको छ ।
सचिव बनेपछि उनले आफ्नो प्रभावशाली उपस्थितिबिस्तार गर्दै सरकार र विपक्षीसहितको बालुवाटारका वार्ताहरुमा मात्र होइन, पार्टीकायुवा–विद्यार्थीका कार्यक्रमदेखि संगठन बिस्तार अनि नेतृत्वको सुरक्षा र विपक्षीको भ्रमको प्रतिरोधमा प्रभावशाली कमाण्डरका रुपमा उपस्थिति जनाएका छन् ।
