काठमाडौ ,१५ पुस।
राष्ट्रिय प्रजातान्त्रिक पार्टीले समानुपातिकको बन्द सुचीमा खस आर्यतर्फ पहिलो तीन नम्बरमा रहने उम्मेदवारको चयन प्रजातान्त्रिक विधिबाट गरेको छ । आज कार्यसम्पादन समितिको वैठकमा मतदान गरेर पहिलो तीन उम्मेदवारको टुंगो लगाइएको हो ।
सर्वाधिक मत प्राप्त गरेर भरत गिरी खस आर्यको सुचीमा पहिलो नम्बरमा रहने भएका छन् । उनी मधेस प्रदेश प्रमुख एवं कार्यसम्पादन समिति सदस्य हुन् । दोस्रोमा धार्मिक क्षेत्रको प्रतिनिधीको रुपमा पुष्पराज पुरुष रहेका छन् । उनी राप्रपाको धर्म संस्कृति विभाग र धार्मिक संगठनका प्रमुख हुन।
यस्तै, धर्मराज जोशी तेस्रो नम्बरमा रहेका छन् । उनी सुदुरपश्चिम प्रदेश प्रमुख हुन।
