सोलु, १५ पुस । अमेरिकी निवासी डा.थोमस बास्तोलाले हिमगंगा माविका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । नेचासल्यान ३, सोलुखुम्बु स्थायी ठेगाना भइ हाल अमेरिका स्थित वेस्टर्न क्यारोलिना युनिभर्सिटीका उप प्राध्यापक डा. थोमस बास्तोलाले हिमगंगा माध्यामिक विद्यालयमा अध्ययनरत २ जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति स्वरुप नगद रु. ५ हजार प्रदान गरेका हुन् ।
नेपालको राजनीति र सोलुको समग्र विकासमा रुची राख्ने बास्तोलाले त्यहाँको जनप्रतिनीधि मार्फत सो छात्रवृत्ति प्रदान गरेका हुन् । उनी एमाले निकट अखिलको केन्द्रीय उपाध्यक्षबाट विदा भएर अध्ययनका लागि अमेरिका पुगेका थिए । त्यहाँबाट नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेका छन् ।
