काठमाडौं, २२ असोज ।
लुटपाटमा संलग्न व्यक्ति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटेरा फेला परेपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियोे ।
त्यसक्रममा उल्टै प्रहरीमाथि नै खुकुरी प्रहार भएपछि गोली चलाइएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले बताए ।
प्रहरीले त्यहाँबाट लुटपाटमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको घिमिरेले बताए ।
घाइते प्रहरी र लुटेरालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको घिमिरेले बताए ।


