राधाकृष्ण देउजा
घुसपैठियाहरुको अराजकता अनि अनपेक्षित अवस्था निर्माण भइदिंदा राज्य पक्षले संयमता गुमाई दिँदा शान्तिपूर्ण प्रदर्शन मार्फत आफ्नो मत राख्न सडकमा आएका दर्जनौं नव युवाहरुले घुसपैठ भएको बुझेर भाग्न खोज्दा खोज्दै ज्यान गुमाउनु पर्ने दुःखद अवस्था बन्यो । त्यो दुःखद अवस्थाको शिकार भएर जीवन गुमाउने ती अबोधहरुलाई देशले सदैव शहिदको रुपमा सम्झना र सम्मान गर्नुपर्छ । तसर्थ २०८२भाद्र २३ लाई युवा युवतीहरुले देश बदल्ने संकल्पलाई मुर्त रुप दिन खोजेको दिनको रुपमा स्मरण गरिनु पर्छ ।
जेनजी विद्रोह भएको २०८२ साल भाद्र २३ र भाद्र २४ गते नेपालको इतिहासमा महत्वका साथ दर्ज हुने दिन हुन । विद्रोहको २६ घण्टामा सत्ता छोड्नु पर्ने अवस्था सिर्जना हुनु र ६ महिनामा निर्वाचन गराउनु पर्ने परिस्थितिले नेपालको इतिहासमा महत्व मात्र होइन राजनीति कायपलटको एउटा अध्याय नै बनेकोमा पनि महत्व रहेको छ । तर ती दुई दिनहरु एकै साथ भाद्र २३–२४ को रुपमा हैन भाद्र २३ र भाद्र २४ को रुपमा अलग अलग महत्व र अवस्थाका हिसाबले दर्ज हुनेछन ।
भाद्र २३ गते राज्यशक्तिको केन्द्रमा रहेका कतिपयले निरन्तर गर्दै आएको गलत कामहरु, भ्रष्टचार अनैतिकता र अकर्मण्यता बिरुद्ध नव युवाहरुले सशक्त आवाज उठाएको दिनको रुपमा हेरिने छ, भलै करिब मध्यान्ह पश्चात ती असल , इमान्दार युवाहरुको प्रदर्शनमा घुसपैठ गर्दै ती युवाहरुको पुर्व घोषणा र उनीहरुको चरित्र विपरित हिसावले प्रहरीको व्यारिगेड तोडने र संसद भवन जलाउने कोशिस गर्ने काम गरियो ।
त्यो दुःखद अवस्थाको शिकार भएर जीवन गुमाउने ती अबोधहरुलाई देशले सदैव शहिदको रुपमा सम्झना र सम्मान गर्नुपर्छ । तसर्थ २०८२भाद्र २३ लाई युवा युवतीहरुले देश बदल्ने संकल्पलाई मुर्त रुप दिन खोजेको दिनको रुपमा स्मरण गरिनु पर्छ । त्यसो गर्दै गर्दा जीवन गुमाएकाहरुलाइ शहिद र भाग्यले बाँचेकाहरुलाई देशको भविष्य निर्माता मान्नुपर्छ ।
तिनै घुसपैठियाहरुको अराजकता अनि अनपेक्षित अवस्था निर्माण भइदिंदा राज्य पक्षले संयमता गुमाई दिँदा शान्तिपूर्ण प्रदर्शन मार्फत आफ्नो मत राख्न सडकमा आएका दर्जनौं नव युवाहरुले घुसपैठ भएको बुझेर भाग्न खोज्दा खोज्दै ज्यान गुमाउनु पर्ने दुःखद अवस्था बन्यो । त्यो दुःखद अवस्थाको शिकार भएर जीवन गुमाउने ती अबोधहरुलाई देशले सदैव शहिदको रुपमा सम्झना र सम्मान गर्नुपर्छ । तसर्थ २०८२भाद्र २३ लाई युवा युवतीहरुले देश बदल्ने संकल्पलाई मुर्त रुप दिन खोजेको दिनको रुपमा स्मरण गरिनु पर्छ । त्यसो गर्दै गर्दा जीवन गुमाएकाहरुलाइ शहिद र भाग्यले बाँचेकाहरुलाई देशको भविष्य निर्माता मान्नुपर्छ ।
जहाँ सम्म भाद्र २४ , २०८२ हो,त्यो चाहिँ भाद्र २३ गते बलिदान दिने युवा युवतीको सपना विपरित, देशको हित विपरित, आम नेपालीहरुको परिचय विपरित भएको आतंककारी हमला हो । यथार्थको कसीबाट हेर्ने हो भने भाद्र २३ गते दिउँसो आन्दोलनमा घुसपैठ भयो, अब यहाँबाट सबै फर्किनुपर्छ भनेर फर्काउने काममा लागेका असल इमान्दार जेन जी नेताहरु देखि हामी सबैले कमसेकम भाद्र २३ गरे मध्य दिनपछि भएको अराजकता र भाद्र २४ गते देशभर भएको आतंककारी हमलालाई जोडेर ति दुवै दिनलाई जेन जी प्रदर्शनसँग जोडनु हुँदैन । यथार्थपरक , तथ्यमा टेकेर कुरा गर्ने हो भने देशमा व्याप्त भ्रष्टचार अन्त्य गर्दै देशलाई सुशासन सहितको सम्मृद्ध बनाउनुपर्छ भन्ने मान्यता राख्ने असल इमान्दार नव युवाहरुले भाद्र २३ गते गर्न खोजेको शान्तिपूर्ण प्रदर्शनले नेपालमा व्याप्त भ्रष्टचार नियन्त्रण गर्दै सुशासनको माग गरेको थियो ।
जेन जी पुस्तालाइ देश बदल्ने अभियानमा सामेल गराउन आवश्यक नेतृत्व गरेका असली जेन जी अगुवाहरु लाइ मेरो आग्रह छ कि तपाईंहरु आफुले गरेको शान्तिपूर्ण प्रदर्शन र त्यसले उठान गरेको जनताको आवाजको जिम्मा जरुर लिनुस तर आन्दोलनमा घुसपैठ गर्दै सिर्जना गरिएको आराजकता र त्यसपछिको आतंककारी हमलाको जिम्मा नलिनुस ।
त्यसैले त्यस प्रदर्शनलाइ आम जनताको साथ थियो । यदी ति असल युवा युवतीहरुको सोच अनुसार नै अगाडी बढन पाएको भए शान्तिपूर्ण युवा प्रदर्शन मार्फत देशलाइ सुनौलो विहानी तर्फ लाने देश बन्ने थियो हाम्रो नेपाल तर भयो के ? असल इमान्दार देशभक्त युवाहरुको शान्तिपूर्ण प्रदर्शन÷आन्दोलनमा २३ गते दिउँसो देखि नै घुसपैठ गरियो , परिस्थती भडकाउने काम गरियो र देश बदल्न शान्तिपूर्ण आन्दोलनमा आएका नव युवाहरुको कत्लेआम हुने अवस्था निर्माण गरियो । अनि भाद्र २३ लाइ देखाएर भाद्र २४ मा देशभर आतंककारी हमला गरियो । सत्य यही नै हो ।
त्यसैले जेन जी पुस्तालाइ देश बदल्ने अभियानमा सामेल गराउन आवश्यक नेतृत्व गरेका असली जेन जी अगुवाहरु लाइ मेरो आग्रह छ कि तपाईंहरु आफुले गरेको शान्तिपूर्ण प्रदर्शन र त्यसले उठान गरेको जनताको आवाजको जिम्मा जरुर लिनुस तर आन्दोलनमा घुसपैठ गर्दै सिर्जना गरिएको आराजकता र त्यसपछिको आतंककारी हमलाको जिम्मा नलिनुस । तपाईंहरु आफुले उठान गरेको भ्रष्टचार रहित सुशासनयुक्त राष्ट्र बनाउने अभियानको हिस्सा बन्ने हिसाबले राजकीय जिम्मेवारीमा आफैं आउने काममा लाग्नुस् तर यहाँहरुको अग्रसरता , त्याग र बलिदानको भर्याङ्ग चढेर सत्तासीन हुने कल्पनामा लागेका ठग , नौटंकी र अराजक आतंककारीहरु संग एकाकार नहुनुस ।
तपाईंहरु आफुले उठान गरेको भ्रष्टचार रहित सुशासनयुक्त राष्ट्र बनाउने अभियानको हिस्सा बन्ने हिसाबले राजकीय जिम्मेवारीमा आफैं आउने काममा लाग्नुस् तर यहाँहरुको अग्रसरता , त्याग र बलिदानको भर्याङ्ग चढेर सत्तासीन हुने कल्पनामा लागेका ठग , नौटंकी र अराजक आतंककारीहरु संग एकाकार नहुनुस ।
यदी भाद्र २४ गते को आतंककारी हमला र भाद्र २३ गते देशमा सुशासन ल्याउन शान्तिपूर्ण आन्दोलनमा सहभागी भैरहँदा हठात् जीवन गुमाउने युवा युवतीहरुको बलिदानलाई जोडन खोजियो भने त्यो शहिदहरु प्रति अन्याय हुन्छ भन्ने सत्यलाइ स्विकार्नुस । भाद्र २३ गतेको दिन प्रदर्शनमा सहभागी हुन आउँदा जीवन गुमाउनेहरु शहिद हुन भने भाद्र २४ गतेको तोडफोड आगजनीमा रमाउनेहरु आतंककारी हुन भन्ने सत्यलाइ अंगिकार गर्न छोडेर आफ्नो व्यक्तित्व , चरित्र , पूर्ववत अडान र निरन्तरको सकारात्मक व्यवहार संग कहीं नमिल्ने बिध्वंससँग आफूलाइ नजोडनुस ।
लेखकः अमेरिकामा रहेर नेपालको राजनीति र सुरक्षामा चासो राख्ने सामाजिक अभियान्ता हुनुहुन्छ ।
