काठमाडौं, २२ पुस । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनबाट नवौ नम्बरमा निर्वाचित सचिव भानुभक्त ढकाललाई पहिलो रोजाइको जिम्मेवारी दिएको छ । वैठकले पार्टीको सबैभन्दा महत्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी ढकाललाई दिएको हो ।
गत ३ पुसमा सम्पन्न ११ आंै महाधिवेशनमा ढकाल १हजार १ सय ८ मत प्राप्त गरी नवौ नम्बरमा निर्वाचित भएका थिए । नौ सचिव मध्ये पहिलो लोकप्रिय मत महेश बस्नेतले १ हजार ५ सय ५४ प्राप्त गरेका थिए । उनलाई बाग्मती प्रदेश संयोजकको जिम्मेवारी एमाले सचिवालय बैठकले दिएको छ । पार्टीभित्र चरम गुटबन्दी गर्ने नेताको रुपमा ढकाल परिचित छन् । अघिल्लो २०७९ को संघीय संसदको निर्वाचनमा कांग्रेसका सुनील शर्मासँग पराजित भएका थिए । मोरङ ३ मा ढकाल शर्मासँग २२ हजार ७ सय ३६ मतान्तरले पराजित भएका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएमालेको चुनावी कमाण्डर पूर्व माओवादी
Next Article सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
