काठमाडौँ, ४ माघ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । उपप्रमुख सुनिता डङ्गोलसमक्ष उनले आजैदेखि लागू हुने गरी राजीनामा पेस गरेकाे शाहको सचिवालयले जनाएको छ ।
स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्यागपत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमान्दारपूर्वक काम गर्ने प्रयास गरेको बताएका छन् ।
